आर्थिक बर्ष २०२१ को अन्तिम भिसा बुलेटिन: डिभी, परिवार, रोजगारमा आधारित भिसाबारे अपडेट


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले आर्थिक बर्ष २०२१ को अन्तिम भिसा बुलेटिन जारी गरेको छ । अक्टोबर १ मा सुरु भएर सेप्टेम्बर ३१ मा अन्त्य हुने अमेरिकी आर्थिक बर्षको यो भिसा बुलेटिन सेप्टेम्बरका लागि जारी गरिएको हो ।

सेप्टेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित सबै श्रेणीको ग्रिनकार्ड करेन्ट रहेको छ । अर्थात् अमेरिकामा हुने व्यक्तिले रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्दा आई ४८५ आवेदन फाइल गर्नका लागि प्रतिक्षा गर्नुपर्नेछैन । उनीहरुले आई १४० आवेदनका साथमा नै आई ४८५ आवेदन फाइल गरेर वर्क परमिट, एड्भान्स परोल लगायत प्राप्त गर्न सक्छन् भने गैर कानूनी उपस्थीतिको खतरा पनि हुँदैन ।

नेपालका लागि रोजगारमा आधारित सबै श्रेणीको ग्रिनकार्ड करेन्ट भएपनि चीन लागि दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्ड करेन्ट छैन । भारतका लागि दोश्रो श्रेणीको ग्रिनकार्डका लागि भिसा करेन्ट हुन झण्डै १० बर्ष कुनुपर्छ भने तेश्रो श्रेणीको ग्रिनकार्डका लागि भिसा करेन्ट हुन झण्डै ७ बर्ष कुर्नुपर्छ । नेपालीले भने कुर्नुपर्दैन ।

त्यस्तै ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरुका लागि सेप्टेम्बरमा भिसा करेन्ट रहेको छ । अमेरिकामा रहने उनीहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गर्न सक्छन् । उनीहरुले वर्क परमिट, एड्भान्स परोल लगायत प्राप्त गर्न सक्छन् भने गैर कानूनी उपस्थीतिको खतरा पनि हुँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर परिवारमा आधारित ग्रिनकार्डको श्रेणीमा अमेरिकी नागरिकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका लागि लाग्ने अवधि झण्डै ६ बर्ष ८ महिना रहेको छ । रोचक त के छ भने अमेरिकी ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका लागि लाग्ने अवधि नागरिकका छोराछोरीको तुलनामा सेप्टेम्बरमा पनि कम रहेको छ । यो अवधि झण्ड ६ बर्षमात्र रहेको छ ।

परिवारमा आधारित ग्रिनकार्डको श्रेणीमा अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि लाग्ने अवधि झण्डै १३ बर्ष रहेको छ । त्यस्तै अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि लाग्ने अवधि झण्डै साढे १४ बर्ष रहेको छ ।

त्यस्तै डिभी लोटरीका सन्दर्भमा सेप्टेम्बरमा सबैको भिसा करेन्ट रहेको छ । २०२१ का डिभी विजेताहरुले सेप्टेम्बरभित्रै भिसा प्राप्त गरिसक्नुपर्ने भएपनि कोरोनाको महामारीका कारण ठूलो संख्या डिभी विजेताहरुले भिसा प्राप्त गर्न सकेका छैनन् ।

त्यस्तै सेप्टेम्बरको भिसा बुलेटिनमा अक्टोबरमा भिसा पकृया सुरु गर्न सक्ने २०२२ का डिभी विजेताका सन्दर्भमा कोटा तोकिएको छ । ९ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताले अक्टोबरमा आफ्नो भिसा प्रकृया अगाडि बढाउन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com