अमेरिकामा निश्चित व्यक्तिका लागि फाइजर वा मोडेर्नाको तेश्रो डोज एफडीएबाट स्वीकृत


प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार

अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले इम्युन प्रणाली कमजोर भएकालाई कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो डोज स्वीकृत गरेको छ । नयाँ अध्ययनले अंग प्रत्यारोपण गरेकाहरुलाई तेश्रो डोजले महत्वपूर्ण फाइदा गरेको निष्कर्ष निकालेपछि एफडीएले तेश्रो डोज स्वीकृत गरेको हो ।

इम्युन प्रणाली कमजोर भएकाहरुले तेश्रो डोज फाइजर वा मोडेर्ना भ्याक्सिन लिनसक्ने एफडीएले जनाएको छ । तर कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका र इम्युन प्रणाली सामान्य रहेका व्यक्तिका लागि तेश्रो डोज आवश्यक नभएको एफडीएले स्पष्ट पारेको छ ।

एफडीएको स्वीकृतिपछि अब सीडीसीले यसबारे निर्णय गर्नेछ । त्यसका लागि शुक्रबार सीडीसीको भ्याक्सिन सल्लाहकार समितिको बैठक बोलाइएको छ । सीडीसीले स्वीकृत गरेको खण्डमा तेश्रो डोज तत्काल सुरु गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अंग प्रत्यारोपण गरेकाहरुमा कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनले प्रभावकारी रुपमा एन्टीबडीको स्तर बढाएको अध्ययनले देखाएको छ । कमजोर इम्युन प्रणाली भएकाहरुमा यो भ्याक्सिनको तेश्रो डोजको परीक्षण गरिएको थियो ।

अंग प्रत्यारोपण गरेकाहरु र इम्युन प्रणाली कमजोर भएकाहरुले भ्याक्सिनको सुरुको मात्राहरु लगाउँदा उल्लेख्य प्रतिरोधात्मक क्षमता उत्पन्न गर्न नसक्ने भएकाले बुस्टर डोज आवश्यक देखिएको हो ।

एफडीएले इम्युन प्रणाली सामान्य भएका अरु व्यक्तिका लागि तेश्रो डोज भ्याक्सिनबारे अध्ययन गरिरहेको छ । नयाँ अध्ययनमा १ सय ५० जना अंग प्रत्यारोपण गरेकाहरुमा दोश्रो डोज लगाएको दुईमहिनापछि तेश्रो डोज मोडेर्ना भ्याक्सिन दिइएको थियो । तेश्रो डोज लगाएको एक महिनापछि उनीहरुमध्ये ५५ प्रतिशतमा उल्लेख्यमात्रामा एन्टीबडी विकाश भएको थियो ।

टोरन्टोको अजमेरा प्रत्यारोपण केन्द्रमा उक्त अध्ययन गरिएको हो । उक्त अध्ययनको निष्कर्ष बुधबार मेडिकल जर्नलमा प्रकाशित गरिएको थियो । अंग प्रत्यारोपण गरेकाहरुमा दोश्रो डोज भ्याक्सिनपछिपनि कोरोना संक्रमणबाट बिरामी हुने अवस्था आएपछि शोधकर्ताहरुले अध्ययन सुरु गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com