जनगणना अनुशार अमेरिकाको इतिहासमा पहिलोपटक घट्यो श्वेत जनसंख्या


प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार

अमेरिकी जनगणनाको बिहिबार सार्वजनिक नयाँ तथ्यांक अनुशार अमेरिकाको इतिहासमा श्वेत जनसंख्या पहिलोपटक घटेको छ । विगत १० बर्षमा अमेरिकामा श्वेत जनसंख्या घटेको र विविधतायुक्त जनसंख्या बढेको जनगणनाले देखाएको छ । दशकमा एसियन र हिस्पानिकहरुको सख्या पनि उल्लेख्य बढेको तथ्यांकमा उल्लेख छ ।

गैर हिस्पानिक श्वेतहरुको जनसंख्या एकदशकमा ८ दशमलव ६ प्रतिशतले घटेको देखिएको छ । जनगणना अनुशार कुल जनसंख्याको ५७ दशमव ८ प्रतिशत श्वेतहरु रहेका छन् । यो प्रतिशत अहिलेसम्मकै कम हो ।

धेरै जातिको मिश्रण भएको बताउनेहरु भने २७६ प्रतिशतले बढेका छन् । सन् २०१० मा यो संख्या ९ मिलियन रहेकोमा अहिले सन् २०२० मा ३३ दशमदलव ८ मिलियन पुगेका छन् । अमेरिकाकै इतिहासमा पहिलोपटक क्यालिफोर्नियामा सबैभन्दा ठूलो जातीय समुह हिस्पानिक बनेको छ । क्यालिफोर्नियाको कुल जनसंख्याको ३९ दशमलव ४ प्रतिशत हिस्पानिक रहेका छन् ।

त्यस्तै टेक्सासमा श्वेतहरु हिस्पानिकको तुलनामा थोरैलेमात्र बढी देखिएका छन् । कुल जनसंख्याको ३९ दशमलव ७ प्रतिशत श्वेतहरु र ३९ दशमलव ३ प्रतिशत हिस्पानिकहरु रहेको तथ्यांकले देखाएको छ । तथ्यांकले राज्यहरुको जनसंख्या बृद्धि दरमा आएको कमीलाई पनि देखाएको छ ।

त्यस्तै अमेरिकाका आधाभन्दा धेरै काउन्टीहरुले सन् २०१० को तुलनामा जनसंख्या गुमाएका छन् । मेट्रो एरियामा भने जनसंख्या बृद्धि भएको देखिएको छ । मध्यपश्चिम र उत्तरपूर्वी क्षेत्रको तुलनामा दक्षिण र पश्चिममा जनसंख्या बृद्धि भएको देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com