डेल्टाभन्दा खतरनाक कोरोना भेरियन्ट आउने सीडीसीका पूर्व निर्देशकको चेतावनी


प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार

अमेरिकाको सीडीसीका पूर्व निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले कोरोनाको डेल्टा भेरियन्ट भन्दा पनि खतरनाक भेरियन्ट आउने चेतावनी दिएका छन् । डेल्टा भेरियन्टका कारण अमेरिकामा अस्पतालहरुमा बिरामीहरुको संख्या बढिरहँदा रेडफिल्डले आगामी केही महिनामा नै अझ खतरनाक भेरियन्ट आउने चेतावनी दिए ।

कोरोनाको डेल्टा भेरियन्टका कारण अमेरिकामा दैनिक संक्रमितहरु थपिने संख्या डेढलाखभन्दा बढी रहेको छ । दुईदेखि चार महिनाभित्र कोरोनाको डेल्टाभन्दा खतनाक भेरियन्टको सामना गर्नुपर्ने र यो अझ संक्रामक हुने फक्स न्यूजसँगको अन्तरवार्तामा रेडफिल्डले बताए ।

कोरोनाको नयाँ भेरियन्टको आविश्कार रोक्ने एकमात्र उपाय भ्याक्सिन लगाउनु रहेको उनले बताए । भ्याक्सिन नलगाएका व्यक्तिमा कोरोना भाइरसले स्वरुप परिवर्तन गर्न सहज हुने भएकाले नयाँ भेरियन्टको खतरा रहेको वैज्ञानिकहरुले चेतावनी दिदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कुल जनसंख्याको ५० दशमलव ३ प्रतिशतले कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका छन् । कम्तीमा एकडोज लगाउनेहरु कुल जनसंख्याको झण्डै ६० प्रतिशत रहेका छन् । अहिलेसम्म अमेरिकामा १६७ मिलियनले पूर्णरुपमा भ्याक्सिन लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com