न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राजिनामा दिने घोषणा गरेका छन् । यौन दुब्र्यबहारका आरोपहरु लागेपछि कुमोले राजिनामाको घोषणा गरेका हुन् । कुमोले १४ दिनभित्र लागु हुनेगरी राजिनामा दिने भएका छन् ।
कुमोको राजिनामापछि उनको स्थान क्याथी होचुलले लिने भएकी छिन् । उनी न्युयोर्कको पहिलो महिला गभर्नर हुनेछिन् । कुमोमाथि ११ महिलासँग यौन दुब्र्यबहारको आरोप छ ।
गभर्नर कुमोले आफूमाथि महाभियोगको अनुसन्धान पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन् । राष्ट्रपति जो बाइडेनले कुमोको राजिनामाको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।