कोभिशिल्डको पहिलो डोज लगाएको ५ महिना पुग्यो, दोश्रो डोज आष्ट्राजेनेकाले काम गर्छ ?


प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

कोभिशिल्ड र आष्ट्राजेनेका खोप बेलायतको अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको एउटै खोप हो, नाममात्रै फरक हो । त्यसैले दुबै खोप एउटै हुन् । यो खोपको पहिलो डोज इम्युन रेस्पोन्स ५ महिनासम्म पनि कायम रहने भएकाले ५ महिना नाघेपछि यो खोप लगाउँदापनि काम गर्ने विज्ञहरुको भनाई छ । 

नेपालमा कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका झण्डै १३ लाखले दोश्रो डोज नपाएकोमा सोमबारदेखि दोश्रो डोज दिन थालिएको छ ।  कतिपयका सन्दर्भमा कोभिशिल्डको पहिलो डोज लगाएको ५ महिना नाघिसकेको छ । यो अवस्थामा अर्को डोज अब लगाउन हुने वा नहुने तथा पहिलो डोजको प्रभावकारिता कतिसमय रहने भन्नेमा आम जिज्ञासा रहेको छ ।

नेपालमा वितरण गरिएको कोभिशिल्ड भ्याक्सिन बेलायतमा विकाश गरिएको आष्ट्राजेनेका भ्याक्सिनको भारतीय उत्पादन हो । यो भ्याक्सिन पहिलो डोज लगाएको ४ देखि ६ हप्ताभित्र दोश्रो डोज लगाउन सिफारिस गरिएको थियो । तर अहिले यो भ्याक्सिन ४ देखि ५ महिनासम्मको  फरकमा दोश्रो डोज लगाउँदा समेत प्रभावकारी पाइएको छ ।

दोश्रो डोज लगाउन ढिलो हुँदैमा त्यसले पहिलो डोजको प्रभावकारिता कम नहुने विज्ञहरुले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो डोज भ्याक्सिनले पहिले नै इम्युन रेस्पोन्समा ट्रिगर गर्ने भएकाले दोश्रो डोज लगाउन ढिलो हुँदैमा उक्त इम्युन रेस्पोन्स नहराउने इम्युनोलोजिष्ट डाक्टर डाक्टर विनिता बालले बताइन् । तर एकडोज लगाउँदैमा यसबाट प्राप्त हुने पूर्ण संरक्षण प्राप्त नहुने भएको पूरै डोज आवश्यक हुने उनले बताइन् । दोश्रो डोज भ्याक्सिनले पहिलो डोजबाट निर्मित इम्युनको परिणाम र गुणस्तरमा बृद्धि गर्ने उनले बताइन् ।

पहिलो डोज भ्याक्सिनले बनाएको इम्युन रेस्पोन्स महिनासम्म कायम रहने विज्ञहरुको भनाई छ । त्यसैले ५ महिनापछि भ्याक्सिन लगाउँदासमेत यसले काम गर्ने विज्ञहरु बताउँछन् । कोभिशिल्ड भ्याक्सिनको दुईडोजबीचको अन्तर अन्तर्राष्ट्रिय परीक्षणको तथ्यांक अनुशार ४ हप्ताबाट १२ हप्तासम्म बनाइएको हो । परीक्षणका क्रममा दोश्रो डोज १२ हप्तापछि दिंदा पनि भ्याक्सिनको प्रभावकारिता उल्लेख्य देखिएको थियो ।

बेलायतमा कोभिशिल्ड भ्याक्सिन पहिलो डोज लगाएको १२ हप्तापछि दोश्रो डोज लगाउन सिफारिस गरिएको छ भने क्यानडाका कतिपय स्थानमा पहिलो डोज लगाएको १६ हप्तापछि दोश्रो डोज सिफारिस गरिएको छ । कोभिशिल्डको पहिलो डोज लगाएपछि बेलायतमा पहिलोपटक देखिएको भेरियन्टबिरुद्ध लक्षणसहितको कोरोना संक्रमण हुनबाट ६५ प्रतिशत संरक्षण प्रदान गरेको पाइएको छ ।

पहिलो डोज लगाएपछि व्यक्तिलाई कोरोना संक्रमण भएर निको भएको खण्डमा समेत दोश्रो डोज भने नछुटाउन विज्ञहरुले सुझाव दिएका छन् । तर पहिलो डोज लगाएपछि उपलब्ध भएसम्म दोश्रो डोज लगाउँदा धेरै समयको अन्तर नराख्न विज्ञहरुले सुझाव दिएका थिए । क्यानडाको कतिपय प्रान्तमा १६ हप्ताको अन्तरलाई घटाएर १२ देखि १४ हप्तासमेत बनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com