अमेरिकामा कोरोना संक्रमण संख्या भ्याक्सिन कार्यक्रम सुरु गरेयताकै उच्च


प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार

अमेरिकामा दैनिक औषत कोरोना संक्रमण संख्या कोरोनाबिरुद्धको भ्याक्सिन कार्यक्रम संचालन गरेयताकै उच्च बिन्दुमा पुगेको छ । अहिले अमेरिकामा हरेक दिन कोरोना संक्रमितको संख्या औषतमा १ लाख नाघेको छ ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुशार यो विगत ६ महिनायताकै उच्च हो । यसअगाडि औषत दैनिक कोरोना संक्रमण १ लाख नाघेको फरबरी ११ मा हो । जुनमा सबैभन्दा कम दैनिक ११ हजार २ सय ९९ संक्रमणका केसहरु रहेका थिए ।

अहिलेदेखिएको संक्रमण अधिकांश भ्याक्सिन नलगाएकाहरुमा रहेको छ । त्यस्तै कोरोनाको डेल्टा भेरियन्टले संक्रमण उच्च बनाएको छ । यो भेरियन्ट निकै संक्रामक रहेकाले यसले विश्वब्यापी चिन्ता बढाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कुल जनसंख्याको झण्डै आधालेमात्र पूर्णरुपमा भ्याक्सिन लगाएका छन् । झण्डै आधा जनसंख्याले भ्याक्सिन नलगाउँदा संक्रमण संख्यामात्र होइन, अस्पताल भर्ना हुने संख्या र मृत्यु पनि बढेको छ ।

शुक्रबारको तथ्यांक हेर्दा कोरोना संक्रमणबाट अमेरिकामा अस्पतालमा भर्ना भएर उपचार गराइरहेकाहरुको संख्या ६३ हजार २ सय ५० रहेको छ । यो संख्या गत जुन २९ मा १६ हजार १ सय ५२ रहेको थियो ।

फ्लोरिडामा कोरोना संक्रमणबाट अस्पतालमा भर्ना हुने दर अमेरिकामै सबैभन्दा धेरै रहेको छ । यो राज्यमा कुल जनसंख्याको ४९ दशमलव ५ प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com