७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकम एकमहिनापछि सकिदै


प्रकाशित मिति : श्रावण २३, २०७८ शनिबार

अमेरिकामा झण्डै ७५ लाखले पाउदै आएको बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि एकमहिनापछि सकिने भएको छ । अमेरिकी सरकारले कोरोनाको महामारीका कारण काम गुमाएकाहरुका लागि राज्यले दिने बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्दै आएको छ । यो रकम सेप्टेम्बर ६ सम्ममात्र प्राप्त हुनेछ ।

तीनवटा सहायता कार्यक्रमहरु गतबर्षको मार्चमा सुरुवात गरिएको थियो भने दुईपटक नविकरण भइसकेको छ । यो कार्यक्रम अमेरिकाका २३ वटा राज्यहरुले पहिले नै समाप्त गरिसकेका छन् । यी राज्यहरु रिपब्लिकन गर्भनरहरुले नेतृत्व गरिरहेका छन् ।

अर्कान्सास, इन्डियाना र मेरिल्याण्डले यो कार्यक्रम अन्त्य गरेपछि अदालतले पुन लागु गर्न आदेश दिएको थियो । त्यसपछि यी राज्यहरुमा कार्यक्रम पुनस्र्थापित भएको छ । त्यस्तै डेमोक्र्याट्स गभर्नर रहेका अन्य राज्यहरुमा पनि यो कार्यक्रम अझै एकमहिना कायम रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बरपछि कार्यक्रम थप गर्ने वा नगर्ने सन्दर्भमा बाइडेन प्रशासनले कुनै निर्णय गरेको छैन । तर अहिलेसम्मको परिदृश्य हेर्दा कार्यक्रम थप नहुने देखिएको छ । राज्यको औषत बेरोजगारी विमा रकम साप्ताहिक ३३० डलर रहेको छ । थप संघीय सहायतासहित अमेरिकनहरुले औषतमा साप्ताहिक ६३० डलर पाइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com