अमेरिकामा झण्डै १० हजार स्टोर भएको सीभीएसबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण बन्द


प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार

अमेरिकामा झण्डै १० हजार स्टोरहरु रहेको सीभीएस फार्मेसीले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण नगर्ने भएको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनबाहेक अन्य दुई भ्याक्सिनहरु पनि सीभीएसमा उपलब्ध रहेका छन् ।

अब जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सीभीएस जानेहरुले या त मोडेर्ना वा फाइजरको भ्याक्सिन रोज्नुपर्नेछ, या त जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाउन अन्य स्थलमा जानुपर्नेछ । सीभीएसले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण रोक्नुको कारणबारे भने केही बताएको छैन ।

अझैपनि अमेरिकाको वासिंटन डिसी र २५ राज्यहरुमा रहेका मिनेट क्लीनिकहरुमा भने जोन्सन एण्ड जोन्सन भ्याक्सिन प्राप्त गर्न सकिनेछ । केही कम्पनीहरुका औषधीपसलहरुभित्र त्यस्ता मिनेट क्लीनिकहरु रहेका छन्, जसले आपतकालिनबाहेकका स्वास्थ्य सेवाहरु प्रदान गर्छन् ।

आफूहरु खतरनाक कोरोना महामारीका अन्त्य गर्नका लागि प्रतिबद्ध रहेको र कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्ने तथा अस्पताल भर्नाहुनबाट एवं मृत्युबाट बचाउने जोन्सन एण्ड जोन्सन भ्याक्सिन कोरोनाबिरुद्ध लड्ने महत्वपूर्ण हतियार रहेको सीभीएसले बताएको छ । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन गत फरबरीमा अमेरिकामा स्वीकृत हुँदा यसलाई वरदानका रुपमा लिइएको थियो । किनभने यो भ्याक्सिन सामान्य तापक्रममा महिनौं भण्डारण गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा १ करोड ३४ लाखले कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सन लगाएका छन् । तर सबैभन्दा बढी भने अमेरिकामा फाइजर भ्याक्सिन लगाइएको छ । ८ करोड ८६ लाखले अमेरिकामा पूर्णरुपमा फाइजर भ्याक्सिन लगाएका छन् भने ६ करोड ३७ लाखले पूर्णरुपमा मोडेर्ना भ्याक्सिन लगाएका छन् ।

जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी

साउथ अफ्रिकामा गरिएको अध्ययनमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध अस्पताल भर्ना हुनेगरी सिकिस्त हुने अवस्था रोक्न ७१ प्रतिशत र मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी दिएको छ । ४ लाख ८० हजार स्वास्थ्यकर्मीहरुबीचको परीक्षणमा कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध उच्च प्रभावकारी देखिएको छ ।

यो भ्याक्सिनको डेल्टा भेरियन्टबिरुद्धको प्रभावकारिताबारे यो स्तरको सबैभन्दा ठूलो अध्ययन पहिलो हो । यो अध्ययनले जोन्सन एण्ड जोन्सन भ्याक्सिनको प्रभावकारिताबारे उठेका कैयन प्रश्नको जवाफ प्राप्त भएको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनको प्रभावकारिता अहिलेसम्म ८ महिनासम्म कायम रहेको अध्ययनको निष्कर्ष छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

यो अध्ययनको परिणामबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको बुस्टर शट आवश्यक नभएको देखिएको अध्ययन परीक्षणको सह नेतृत्व गरेकी ग्लेण्डा ग्रेले बताएकी छिन् । उनी साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्ष समेत हुन् । साउथ अफ्रिकाको भ्याक्सिन कार्यक्रममा जोन्सन एण्ड जोन्सन भ्याक्सिन मुख्य भ्याक्सिन हो ।

गत महिना अमेरिकामा गरिएको एक अध्ययनमा जोन्सन एण्ड जोन्सनले डेल्टा भेरियन्टबिरुद्ध तुलनात्मक रुपमा कम एन्टीबडी उत्पादन गरेको पाइएको थियो । विज्ञहरुबाट पुनरावलोकन नगरिएको उक्त अध्ययनमा एन्टीबडीको मात्रालाईमात्र मापक बनाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com