आइतबारदेखि भिजिटरहरुलाई भ्याक्सिन अनिवार्य, नत्र सशुल्क परीक्षण: ह्वाइटहाउस


प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार

आइतबारदेखि ह्वाइटहाउसभित्र प्रवेश गर्ने भिजिटरहरुका लागि भ्याक्सिन अनिवार्य गरिएको छ । भ्याक्सिन नलगाएकाहरुले एकैदिनमा नतिजा आउनेगरी परीक्षण गर्नुपर्नेछ र त्यसको रकम तिर्नुपर्नेछ । अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट बढ्दै गएपछि ह्वाइटहाउस छिर्ने अतिथिहरुका लागि समेत यस्तो नियम बनाइएको हो ।

पत्रकारहरुलाई पनि यो नियमबाट छुट दिइने छैन । यद्यपी ह्वाइटहाउसबारे समाचार सम्प्रेषण गर्ने पत्रकारहरु प्राय सबैले भ्याक्सिन लगाइसकेका छन् । ह्वाइटहाउस प्रवेश गर्नु अगाडि फर्म भराइनेछ । फर्म भर्दा पूर्णरुपमा भ्याक्सिन लगाएको वा नलगाएकोबारे उल्लेख गर्नुपर्नेछ । जसले भ्याक्सिन लगाएको छैन वा जवाफ दिन अस्वीकार गरेको छ उनीहरुलाई ह्वाइट हाउसले गर्ने कोरोना परीक्षणस्थल तिर पठाइनेछ ।

ह्वाइटहाउसको परिसरमा रहँदा पूरै समय मास्क लगाउनुपर्नेछ । त्यस्तै सामाजिक दुरी कायम गर्नुपर्नेछ भने अतिथिहरुले कोरोना परीक्षणका लागि शुल्क तिर्नुपर्नेछ । संघीय कर्मचारीका सन्दर्भमा पनि सोही नियम लागु हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुनमा गरिएको सर्वेक्षणमा ह्वाइटहाउसमा खट्ने अधिंकाश पत्रकारले भ्याक्सिन लगाएको पाइएको थियो । जसका कारण ह्वाइटहाउसले पत्रकारलाई दैनिक परीक्षण गर्नुनपर्ने नियम लागु गरेको थियो । तर अब भ्याक्सिन नलगाएका पत्रकारले अब परीक्षण गराउनुपर्नेछ भने शुल्क पनि तिर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com