नयाँ अध्ययनमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी


प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार

साउथ अफ्रिकामा गरिएको अध्ययनमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध अस्पताल भर्ना हुनेगरी सिकिस्त हुने अवस्था रोक्न ७१ प्रतिशत र मृत्यु रोक्न ९६ प्रतिशत प्रभावकारी दिएको छ । ४ लाख ८० हजार स्वास्थ्यकर्मीहरुबीचको परीक्षणमा कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन डेल्टा भेरियन्टबिरुद्ध उच्च प्रभावकारी देखिएको छ ।

यो भ्याक्सिनको डेल्टा भेरियन्टबिरुद्धको प्रभावकारिताबारे यो स्तरको सबैभन्दा ठूलो अध्ययन पहिलो हो । यो अध्ययनले जोन्सन एण्ड जोन्सन भ्याक्सिनको प्रभावकारिताबारे उठेका कैयन प्रश्नको जवाफ प्राप्त भएको छ । एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनको प्रभावकारिता अहिलेसम्म ८ महिनासम्म कायम रहेको अध्ययनको निष्कर्ष छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

यो अध्ययनको परिणामबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको बुस्टर शट आवश्यक नभएको देखिएको अध्ययन परीक्षणको सह नेतृत्व गरेकी ग्लेण्डा ग्रेले बताएकी छिन् । उनी साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलकी अध्यक्ष समेत हुन् । साउथ अफ्रिकाको भ्याक्सिन कार्यक्रममा जोन्सन एण्ड जोन्सन भ्याक्सिन मुख्य भ्याक्सिन हो ।

गत महिना अमेरिकामा गरिएको एक अध्ययनमा जोन्सन एण्ड जोन्सनले डेल्टा भेरियन्टबिरुद्ध तुलनात्मक रुपमा कम एन्टीबडी उत्पादन गरेको पाइएको थियो । विज्ञहरुबाट पुनरावलोकन नगरिएको उक्त अध्ययनमा एन्टीबडीको मात्रालाईमात्र मापक बनाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com