न्युयोर्कका गभर्नरमाथि ११ महिलालाई यौन दुर्ब्यबहारको आरोपपछि बाइडेनले गरे राजिनामाको आग्रह


प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोमाथि ११ महिलालाई यौन दुब्र्यबहार गरेको आरोप लागेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गभर्नर कुमोलाई राजिनामा दिन आग्रह गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै कुमोले राजिनामा दिनुपर्ने बाइडेनले बताएका हुन् ।

कुमोले राजिनामा दिन अस्वीकार गरेको खण्डमा पदबाट हटाउनुपर्नेबारे पत्रकारको प्रश्नमा राष्ट्रपति बाइडेनले राज्य संसदले महाभियोगबारे निर्णय गर्नसक्ने आफ्नो बुझाई रहेको बताए । न्युयोर्क राज्यको प्रतिनिधिसभा स्पीकर कार्ल हेइस्टीले गर्भनरमाथिको महाभियोग सोधपुछ छिट्टै टुंगो लगाउने बताएका छन् ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो

राज्यको एटोर्नी जनरल लेटिसिया जेम्सको अफिसबाट सार्वजनिक रिपोर्टमा कुमोले धेरै महिलामाथि यौन दुब्र्यबहार गरेको साथै राज्य र संघीय कानूनको उल्लंघन गरेको उल्लेख गरिएको छ । कुमोले आफूबिरुद्धका कैयन अभियोगहरुको सशक्त प्रतिवाद गरेका छन् । उनले आफ्नो व्यहारको गलत व्याख्या गरिएको बताएका छन् ।

१६५ पृष्ठ लामो रिपोर्टमा १७९ जना प्रत्यक्षदर्शीको बयान समेटिएको छ । साथै दशौं हजार कागजातहरु पनि समेटिएको छ । कुमोले दुब्र्यबहार गरेको भनिएकाहरुमा आफ्नै कार्यालयका कर्मचारीहरु, सर्वसाधारणहरु, राज्यका अन्य कर्मचारीहरु रहेका छन् ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com