अमेरिकाको सान फ्रान्सिस्कोमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुलाई पूरक डोज फाइजर वा मोडेर्ना


प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार

अब अमेरिकाको सान फ्रान्सिस्कोमा पहिलो डोज जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुले अब दोश्रो डोज मोडेर्ना वा फाइजर भ्याक्सिन लगाउन अनुरोध गर्नसक्ने भएका छन् । स्वास्थ्य अधिकारीहरुले दोश्रो डोजलाई बुस्टर डोज नभई पूरक डोजका रुपमा व्याख्या गरेका छन् भने सबैले लगाउनुपर्ने नभनी चाहेको व्यक्तिले अनरोध गर्नसक्ने बताएका छन् ।

जुकरबर्ग सान फ्रान्सिस्को अस्पतालका अनुशार पहिलो डोज जोन्सन एण्ड जोन्सन एण्ड जोन्सन लगाएकाहरुलाई पूरक डोज फाइजर र मोडेर्ना लिन अनुमति दिइएको छ । भ्याक्सिन लगाउन चाहनेहरुले विशेष अनुरोध गर्नुपर्नेछ । एकडोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले १४ दिनपछि संरक्षण प्रदान गर्दछ ।

सान फ्रान्सिस्कोका स्वास्थ्य अधिकारीहरुले पहिलो डोज जोन्सन एण्ड जोन्सन लगाएकाहरुबाट दोश्रो डोज फाइजर वा मोडेर्नाका लागि एकदमै धेरै अनुरोध आएकाले यो स्वीकृति दिइएको बताएका छन् । उनीहरुले जोन्सन एण्ड जोन्सन भ्याक्सिन कोरोना भाइरस र यसका भेरियन्टहरुबिरुद्ध भने उच्च प्रभावकारी रहेको बताएका छन् ।

सीडीसीका अनुशार जोन्सन एण्ड जोन्सनको एकडोज लगाएकाहरुलाई बुस्टर डोजको आवश्यकता छैन । आफूहरु सीडीसीकै निर्देशिका अनुशार चल्ने र जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुलाई बुस्टर डोज आवश्यक नभएको सान फान्सिस्कोको स्वास्थ्य विभागले जनाएको छ ।

सीडीसीले अमेरिकामा दुई प्रकारका भ्याक्सिनहरु मिश्रण गर्न पनि स्वीकृति दिएको छैन । तर अमेरिकामा डेल्टा भेरियन्ट बढेसँगै जोन्सन एण्ड जोन्सनको प्रभावकारितामाथि प्रश्नचिन्ह खडा भएकाले यो भ्याक्सिन लगाएकाहरु चिन्तित बनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com