जनवरी ६ को क्यापिटल हिल दंगाको बेला खटिएका ४ प्रहरीले लिए आफ्नै ज्यान


प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार

जनवरी ६ को क्यापिटल हिल दंगाको बेला खटिएका ४ जना प्रहरीले आफ्नै ज्यान लिएका छन् । बिहिबार प्रहरी अधिकारी गुन्थर हासिदा आफ्नै निवासमा मृत भेटिएका थिए भने उनी स्पेशल अपरेशन डिभिजनमा आपतकालिन सहायता टिमका रुपमा खटिएका थिए ।

यसअगाडि मेट्रोपोलिन प्रहरी अधिकारी केल डिफ्रेट्याग जुलाई १० मा मृत भेटिएका थिए । उनी सन् २०१६ को नोभेम्बरदेखि प्रहरीमा थिए भने हासिदा सन् २००३ देखि प्रहरीमा रहेका थिए ।

क्यापिटल हिल दंगामा खटिएका अहिलेसम्म ४ जना प्रहरी अधिकारीले आफ्नै ज्यान लिएकोमा ३ जना डिसी प्रहरीका अधिकारीहरु रहेका छन् । यसअगाडि १२ बर्षदेखि प्रहरीमा जागिर खाएका मेट्रोपोलिन प्रहरी अधिकारी जेफ्री स्मीथले आफ्नै ज्यान लिए भने १६ बर्षदेखिका क्यापिटल प्रहरी भेट्रान हवार्ड लिवेनगुडले पनि आफ्नै ज्यान लिए ।

क्यापिटल प्रहरीका अर्का अधिकारी ब्रायन सिकनिकको स्ट्रोक भएर क्यापिटल हिल दंगाको अर्कोदिन प्राकृतिक कारणबाट मृत्यु भएको थियो । अमेरिकी सरकारको जस्टिस डिपार्टमेन्टले क्यापिटल हिल दंगामा सहभागी ५५० जनाबिरुद्ध अभियोग लगाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com