अब न्युयोर्कका २३ काउन्टीहरुमा भ्याक्सिन लगाएकाहरुले पनि मास्क लगाउनुपर्ने


प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार

सीडीसी निर्देशिका अनुरुप अब न्युयोर्क सिटीसहित न्युयोर्कका २३ वटा काउन्टीहरु भ्याक्सिन लगाएकाहरुले पनि मास्क लगाउनुपर्ने अन्तरगत परेका छन् । ६२ वटामध्ये २३ वटा काउन्टीले आइतबारसम्म कोरोना संक्रमणमा बढोत्तरीको उक्त थ्रेसहोल्ड पार गरेका हुन् ।

संक्रमणदरमा उक्त थ्रेसहोल्ड पार गरेका काउन्टीहरुमा सीडीसीले इन्डोर ठाउँहरुमा भ्याक्सिन लगाएकाहरुलाई पनि मास्क लगाउन सिफारिस गरेको हो ।

आइतबार न्युयोर्कको कोरोना संक्रमणदर साप्ताहिक औषतमा २ दशमलव ५ प्रतिशत पुगेको छ । जुन मध्य अप्रिल यताकै सबैभन्दा उच्च हो । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमणदर उच्च बनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीडीसीको निर्देशिका अनुशार साप्ताहिक संक्रमणदर हिसाब गर्दा हरेक एकलाख जनसंख्यामा औषतमा ५० जनामा संक्रमणदर देखिएको खण्डमा वा कोरोना संक्रमणदर परीक्षण गरिएकाहरुमध्ये ८ प्रतिशतभन्दा बढीमा देखिएमा त्यस क्षेत्रमा भ्याक्सिन लगाएकाहरुले पनि इन्डोर स्थानहरुमा मास्क लगाउन सिफारिस गरिएको छ । सुरुमा न्युयोर्क सिटी, लंग आइल्याण्ड, ग्रिनका काउन्टीले उक्त थ्रेसहोल्ड पार गरेका थिए ।

तर आइतरबासम्म अन्य काउन्टीहरुपनि उच्च जोखिम भएको क्षेत्रमा परेका छन् । अरेन्ज, पुटनाम, वेष्टचेस्टर, इरी, मुनरो, ओनोन्डागा लगायतका काउन्टीहरुपनि मास्क लगाउनुपर्नेमा परेका छन् । आइतबार रातीसम्म नासु, म्यानहटन, ब्रुकलिन र स्टेटन आइल्याण्डले उच्च जोखिमपूर्ण थ्रेसहोल्ड पार गरेका छन् । जुन हरेक १ लाख जनसंख्यामा कम्तीमा १ सयजनामा संक्रमण हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com