न्युयोर्क सिटीका क्वीन्स लगायतका स्थानमा गएराती भएका गोलीकाण्डमा ३ को मृत्यु, १५ घाइते


प्रकाशित मिति : श्रावण १७, २०७८ आईतबार

गएराती न्युयोर्क सिटीका विभिन्न स्थानमा भएका गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । क्वीन्सको कोरोनामा लण्ड्री अगाडि भएको एउटै गोलीकाण्डको घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

कोरोनाको आउडुबन एभिन्युमा रहेको लण्ड्रीबाहिर एउटा समुह राती ११ बजेर १० मिनेट जाँदा मोपेडमा आएर गोली चलाउन सुरु गरेको प्रहरीको भनाई छ । त्यसपछि अर्को समुहले जवाफी रुपमा गोली चलाएको थियो ।

त्यहाँ घाइते हुनेहरुमा ७ जना त्यसक्षेत्रमा उभिएका सर्वसाधारणहरु र ३ जना गिरोहका व्यक्ति रहेका छन् । घाइते सर्वसाधारणहरु ४२ बर्षदेखि ७८ बर्षसम्मका रहेका छन् । ७८ बर्षका व्यक्तिलाई पेट र हातमा गोली लागेको छ ।

अर्को गोलीकाण्डको घटना बु्रकलिनको क्राउन हाइट्समा भएको थियो । आज विहान ४ बजेर ५० मिनेटजाँदा भएको घटनामा ३ जनाको मृत्यु भएको छ । मृतकको छातीमा गोली लागेको जनाइएको छ ।

त्यस्तै आज विहान बु्रकलिनकै क्यानर्सीमा क्याफेबाहिर भएको घटनामा एकजना व्यक्तिमाथि कैयनपटक गोली प्रहार गरिएको छ । दुईजना बन्दुकधारीले उक्त व्यक्तिमाथि गोली हानेर भागेका थिए । ३२ बर्षका ती व्यक्तिको बु्रकडेल अस्पतालमा निधन भएको छ ।

त्यस्तै आज विहान ३ बजेर १५ मिनेटमा ब्रोंक्समा एकजना २८ बर्षका व्यक्तिमाथि ६ राउण्ड गोली हानिएको थियो । बन्दुकधारी फरार भएको प्रहरीले जनाएको छ । घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएपनि ४ घण्टापछि अस्पतालले मृत घोषणा गरेको छ ।

त्यस्तै हिजो बेलुका क्वीन्सको लिंकन ब्लुभर्डमा एकजना ५५ बर्षका व्यक्तिमाथि गोली हानिएको छ । उनलाई उपचारका लागि जमैका अस्पतालमा लगिएको छ भने उनी जोखिमबाहिर रहेको जनाइएको छ ।

आज विहान २ बजेर १५ मिनेट जाँदा म्यानहटनको ईस्ट ३० स्ट्रीट र थर्ड एभिन्युमा एकजना बन्दुकधारी लुटेराको गोली प्रहारबाट ३५ बर्षका व्यक्ति घाइते भएका छन् । लुटेराले नजिक आएर रकम मागेको र लुटेपछि गोली चलाएको जनाइएको छ । घाइतेलाई बेलभ्यु अस्पतालमा लगिएको छ ।

न्युयोर्क सिटीमा भएको गोलीकाण्डमा घाइते अरु २ जनालाई हार्लम अस्पतालमा लगिएको र उनीहरुको अवस्था पनि जोखिमपूर्ण नरहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com