नेपालमा ३१०६ कोरोना संक्रमित थपिए, २३ को मृत्यु


प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

नेपालमा २४ घण्टामा ३ हजार १०६ कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएका १३ हजार ५१९ वटा नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

काठमाडौं उपत्यकामा मात्रै ७७५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ छन्।

योसँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ (पिसिआर परीक्षणको) पुगेको छ।

गत २४ घण्टामा १ हजार ९१६ संक्रमित निको भएका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ।

उक्त अवधिमा २३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।

शनिबारसम्म देशभर ३१ हजार ३५५ सक्रिय संक्रमित छन्। जसमध्ये २८ हजार २५४ होम आइसोलेसनमा र ३ हजार १०१ संस्थागत आइसोलेसनमा छन्।

शनिबारसम्म देशभर १६६ भेन्टिलेटरसहित ७०६ जना आइसीयुमा उपचाररत छन्। यस्तै, देशभर ३८० जना क्वारेन्टाइनमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com