बोस्टनमा ट्रेन दुर्घटना, २५ जना घाइते


प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार

शुक्रबार बेलुका अमेरिकाको बोस्टनमा भएको ट्रेन दुर्घटनामा २५ जना घाइते भएका छन् । कमनवेल्थ एभिन्यु रेल लाइनमा दुईवटा ट्रेनहरु एकआपसमा ठोक्किदा घाइते २३ जनालाई तत्काल स्थानीय अस्पतालहरुमा लगिएको थियो ।

थप दुईजनाको पनि उपचार गरिएको र कसैको पनि अवस्था ज्यानै जोखिममा पर्नेखालको नरहेको जनाइएको छ । ब्याबकक स्ट्रीट नजिकै बी ब्रान्चमा दुईवटा ट्रेनहरु एकआपसमा ठोकिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको मासाचुसेट्स बे यातायात प्राधिरणले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रेनमा चढेका अधिकांश यात्रुहरुको टाउको र घाँटीमा चोटपटक लागेको छ । ट्रेन अनियन्त्रित भएपछि आफूहरुलाई खराब रोलरकोस्टर चढेजस्तो अनुभव भएको यात्रुहरुले बताएका छन् । ट्रेनमा कतिजना यात्रुहरु थिए भन्नेबारे केही खुलाइएको छैन ।

बोस्टन नेपालीहरुको पनि बाक्लो बसोबास रहेको क्षेत्र हो । दुर्घटना भएका ट्रेनमा नेपालीहरु रहे नरहेको बारे केही खुलेको छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com