सिटी युनिभर्सिटी अफ न्युयोर्कका ५० हजार विद्यार्थीले तिर्न नसकेको १२५ मिलियन डलर मिनाहा


प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार

सिटी युनिभर्सिटी अफ न्युयोर्क अन्तरगतका कलेजमा अध्ययनरत झण्डै ५० हजार विद्यार्थीले कोरोना महामारीमा तिर्न नसकेको झण्डै १२५ मिलियन डलर मिनाहा गरिने भएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले कोरोना महामारीका बेलामा आर्थिक समस्यामा परेका विद्यार्थीहरुले तिर्न नसकेको रकम मिनाहा गर्ने घोषणा गरेका हुन् ।

यो कार्यक्रम अमेरिकाकै यस्तो प्रकारको सबैभन्दा ठूलो मध्येको मिनाहा कार्यक्रम हो । कोरोना महामारीमा पनि शुल्कहरु तिरेका तर आर्थिक समस्यामा परेका विद्यार्थीहरुले पनि आपतकालिन सहायताका रुपमा रकम प्राप्त गर्ने भएका छन् । सिटी युनिभर्सिटी अफ न्युयोर्कको फिर्ती कार्यक्रम संघीय सहायता अन्तरगतको कार्यक्रम हो ।

बारुक कलेज । फोटो: सिटी युनिभर्सिटी अफ न्युयोर्क

औषतमा विद्यार्थीहरु २ हजार डलरका दरले यस्तो सहायताका लागि योग्य भएका छन् । सन् २०२० को मार्च १३ पछि पनि कलेजमा नै भर्ना रहेका तथा सन् २०२१ को वशन्तसम्म पढिरहेका तर उक्त अवधिमा शुल्कहरु तिर्न नसकेकाहरुको रकम युनिभर्सिटीले स्वत मिनाहा गरिदिने भएको छ । यो कार्यक्रमले सन् २०२० का वशन्त, वर्षा र ग्रीष्मका साथै २०२१ को ग्रीष्मको सेमेस्टरपनि समेट्नेछ भने ग्रयाजुएट भइसकेकाहरु पनि यसमा पर्नेछन् ।

बाँकी रकम मिनाहाका लागि विद्यार्थीहरुले कुनै आवेदन दिनु नपर्ने जनाइएको छ । उनीहरु अब स्वत वर्षाको सेमेस्टरका लागि भर्ना हुन सक्नेछन् भने शुल्क नतिरेका कारण ट्रान्सक्रिप्ट लिन नपाएकाहरुले आधिकारिक ट्रान्सक्रिप्टहरु पनि प्राप्त गर्नसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो

सिटी युनिभर्सिटी अफ न्युयोर्कका २५ वटा क्याम्पसहरु रहेका छन् । जसमा बारुक कलेज, बोरो अफ म्यानहटन कम्युनिटी कलेज, ब्रोंक्स कम्युनिटी कलेज, बु्रकलिन कलेज, कलेज अफ स्टेटन आइल्याण्ड, न्युमार्क ग्रयाजुएट स्कुल अफ जर्नालिज्म, हन्टर कलेज, लागुआर्डिया कम्युनिटी कलेज, क्वीन्स कलेज, सिटी कलेज अफ न्युयोर्क लगायत रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com