भारत भ्रमणकै क्रममा नेपालका प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन, के के भयो कुराकानी?


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

भारत भ्रमणकै क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनवार्ता गरेका छन् । विदेशमन्त्री ब्लींकेन र प्रधानमन्त्री देउवाले हालसालै अमेरिकाबाट नेपाललाई सहयोगस्वरुप प्राप्त १५ लाख कोभिड १९ भ्याक्सिन लगायत नेपाल अमेरिका साझेदारीका विवध महत्वपूर्ण विषयमा कुराकानी भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

फोनवार्तामा जलवायु परिवर्तनका असरहरुको सामना गर्न दुईदेशबीचको समन्वयबारे पनि छलफल भएको विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले जानकारी दिएका छन् । ब्लींकेनले दिल्लीबाट फोन गरेपछि देउवा र ब्लींकेनबीच झण्डै १० मिनेट कुराकानी भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेशमन्त्री ब्लीकेनको भारत र कुवेत भ्रमण जुलाई २६ देखि सुरु भएको हो । ब्लींकेन जुलाई २९ मा अमेरिका फर्कने कार्यक्रम रहेको छ ।

ब्लींकेनले जुलाई २८ मा भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा एन्डो प्यासेफिक आवद्धता, साझा क्षेत्रीय सुरक्षाका चासोका विषयहरु, जलवायु संकट लगायतका विषयमा छलफल हुने जनाइएको छ । ब्लींकेन जुलाई २८ मै कुवेत जाने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com