न्युयोर्क र क्यालिफोर्नियामा भ्याक्सिन नलगाउने कामदारले साप्ताहिक कोरोना परीक्षण गर्नुपर्ने


प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार

अमेरिकाको न्युयोर्क सिटी र क्यालिफोर्नियामा सबै सरकारी कर्मचारीहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने वा साप्ताहिक रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियमको घोषणा गरिएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ भेट्रान आफ्ना स्वास्थ्य कर्मचारीहरुलाई भ्याक्सिन अनिवार्य गर्ने मुख्य संघीय एजेन्सी बनेको छ ।

अमेरिकामा भ्याक्सिन लगाउनेहरुको प्रतिशत कुल जनसंख्याको ५० प्रतिशत पनि नपुगेपछि भ्याक्सिनबारेका नियमहरु कडा बनाइदै लगिएको छ । अर्कोतर्फ अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टका कारण संत्रमण दर बढेको छ भने अधिकांश संक्रमितहरुमा डेल्टा भेरियन्ट भेटिएको छ ।

मास्क लगाएरमात्र नहुने र मास्क अनिवार्यको नियम अस्थायी भएकाले अगाडि बढ्नका लागि भ्याक्सिन अनिवार्यको नियम नै उचित बाटो रहेको ब्राउन युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका डाक्टर अनिश झाले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमा मेयर बिल ब्लाजिओले सबै नगरभित्रका स्थानीय सरकारका कर्मचारीहरुले मध्य सेप्टेम्बरसम्म भ्याक्सिन लगाउनुपर्ने वा साप्ताहिक परीक्षण गराउनुपर्ने नियम घोषणा गरेका हुन्, जसमा शिक्षकहरु र प्रहरी अधिकारीहरु समेत रहेका छन् ।

क्यालिफोर्नियाले पनि सबै राज्यका कर्मचारीहरुको अतिरिक्त निजी र सार्वजनिक क्षेत्रका लाखौं स्वास्थ्य कर्मचारीको भ्याक्सिनको प्रमाण वा साप्ताहिक परीक्षणको प्रमाण पेश गर्न अनिवार्य गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com