स्वास्थ्य समस्याका कारण बाइडेनले राजिनामा दिनेछन्: ह्वाइटहाउसका पूर्व डाक्टर


प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार

ह्वाइटहाउसका पूर्व डाक्टर तथा विवादित रिपब्लिकन सांसद रोनी ज्याक्सनले अमेरिकी राष्ट्रपति जो बाइडेनले राजिनामा दिने अनुमान गरेका छन् । उनले भने – ‘मलाई विश्वास छ कि बाइडेनले आफ्नो सिमित संज्ञानात्मक क्षमताका कारण राजिनामा दिनेछन् ।’

संज्ञानात्मक परीक्षणमा बाइडेन उत्तिर्ण हुन नसक्ने रोनी ज्याक्सनको भनाई छ । बाइडेनको स्वास्थ्य अवस्था बिग्रदै गएको दावी रिपब्लिकनहरुमाझ फैलिदै गएकोमा ज्याक्सनले पनि यो दावी दोहोराएका छन् ।

बाइडेनको स्वास्थ्यका कारण डेमोक्र्याट्सहरुले नै उनलाई राजिनामाका लागि मनाउने वा २५ औं संसोधन प्रयोग गरेर बाइडेनलाई हटाउने समेत ज्याक्सनको अनुमान छ । ज्याक्सनले बाइडेनको संज्ञानात्मक परीक्षण हुनुपर्ने समेत बताएका छन् ।

सन् २०१५ मा वाल्टर रिड अस्पताल परिसरमा बराक ओबामाका साथमा रोनी ज्याक्सन ।

बाइडेन राष्ट्रपतिका रुपमा काम गर्न मानसिक रुपमा उपयुक्त रहेको प्रमाणित गर्न संज्ञानात्मक परीक्षण गर्नुपर्ने माग गर्दै दर्जन बढी रिपब्लिकनले हस्ताक्षर गरेको पत्र समेत गत जुनमा सार्वजनिक भएको थियो । रोनी ज्याक्सन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र बराक ओबामाका ह्वाइटहाउस चिकित्सक रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोनी ज्याक्सन सन् २०१८ मा ट्रम्पको भोजनका सन्दर्भमा गरेको टिप्पणीका कारण पनि विवादमा आएका थिए । उनले ट्रम्पको भोजन एकदमै राम्रो भएको बताएका थिए, जब कि त्यतीबेला ट्रम्पले नियमित रुपमा फास्टफुड खाइरहेका थिए भने व्यायाम समेत गरेका थिएनन् ।

ह्वाइटहाउसका अधिकारीले यसैबर्षको अन्तिमतिर बाइडेनको बार्षिक स्वास्थ्य जाँचको तयारी भइरहेको बताएका थिए । त्यसको नतिजा सार्वजनिक रुपमा नै प्रकाशित गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com