न्युयोर्क सिटीलाई २६० मिलियन डलरको मानवनिर्मित आकर्षक आइल्याण्ड उपहार


प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार

अरबपति ब्यारी डिलेरले न्युयोर्क सिटीलाई मानवनिर्मित आकर्षक आइल्याण्ड उपहार दिएका छन् । हडसन रिभरमाथि तैरिएको उक्त जादुमय आइल्याण्ड डिलेर र उनकी फेशन डिजाइनर पत्नी भोन फस्टेनबर्गले न्युयोर्क सिटीलाई दिएका हुन् । मानव निर्मित पहाड रहेको यो आइल्याण्ड २६० मिलियन डलरको हो ।

थोमस हिदरवीकले डिजाइन गरेको यो आइल्याण्डमा १३२ वटा कंक्रिटका खम्बाहरु रहेका छन् । हडसनमाथि तैरिएको यो आइल्याण्ड निकै आकर्षक रहेको छ । यो दम्पत्तिले यस अगाडि अलपत्र रहेको पूरानो ट्रेनको लिक हाइलाइनलाई पार्क बनाउनका लागि ४० मिलियन डलर खर्च गरेका थिए । हाइलाइन न्युयोर्क सिटीमा अहिले आकर्षक पर्यटकीय गन्तब्य बनेको छ ।

नयाँ आइल्याण्ड अहिले सबैका लागि आकर्षक जमघटस्थल बनेको छ । पानीमाथिको पार्कका रुपमा रहेको यो आइल्याण्डको आगामी २० बर्षसम्म मर्मत सम्भारका लागि डिलेर जोडीले अर्को १२० मिलियन डलरको प्रतिबद्धता जनाएका छन् । यो आइल्याण्ड सवैका लागि खुला भइसकेको छ । म्यानहटनको पियर ५५ मा रहेको यो आइल्याण्ड हरेक दिन विहान ६ बजेदेखि राती १ बजेसम्म खुला रहन्छ ।

डिलेर ७९ बर्षका भइसकेका छन् भने उनकी पत्नी फस्टेनबर्ग ७४ बर्षकी भइन् । फस्टेनबर्ग बेल्जियममा जन्मिएकी हुन् । डिलेर ३२ बर्षको उमेरमा प्यारामाउण्ट पिक्चर्सका अध्यक्ष भएका थिए । उनी ८ बर्षसम्म फक्स स्टुडियोका पनि अध्यक्ष भए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com