एमाले विवाद संसदीय समितिमा पोखिएपछि…


प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार

प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार कार्यसूचीअनुसार नै बैठक चलिरहेको थियो। सदस्यहरुले सहज रुपमै आफ्ना धारणा राखिरहेका थिए। त्यहीक्रममा समितिका केही सदस्यले केपी ओली नेतृत्वको सरकारमा सहभागी पूर्वमन्त्रीहरु समितिमा बस्न नपाउने तर्क गरे।

तर सदस्य नारदमुनी रानाले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै ती तर्कप्रति आपत्ति जनाए।

त्यसपछि समितिको माहोल एकाएक बिग्रियो।

रानाको भनाइप्रति सबैभन्दा बढी आपत्ति जनाए एमाले वरिष्ठ नेता माधव नेपालले। ‘ओलीले गरेको प्रतिगमनको तपाईंहरुजस्तै हामी मतियार बन्ने? तपाईं बाहिर जानुस्, यहाँ बस्ने अधिकार तपाईंलाई छैन,’ नैपालले आक्रोश पोखे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनि, रानाले प्रतिवाद गरे–बैठकमा किन बोलाइयो त?

त्यसपछि चर्काचर्की पर्‍याे। कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले समितिमा रहेका व्यक्ति मन्त्री भएपछि सभामुखले कार्यविभाजन नतोकेसम्म समितिको सदस्य हुन नपाउने व्यवस्थाप्रति समितिका सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए।

सांसद सुदन किराँतीलगायतले ओली नेतृत्वको सरकारमा सहभागी भएका सदस्यहरूलाई समितिमा नराख्न प्रस्ताव गरेका थिए।

समितिका सदस्यहरूले यस्तो प्रस्ताव गरेपछि जसपाबाट राज्यमन्त्री बनेकी समिति सदस्य रेणुका गुरुङ बाहिरिएकी थिइन्।

मन्त्री भइसकेका सांसद प्रतिनिधिसभाले नतोकेसम्म समितिको सदस्य बन्न नपाइने व्यवस्था रहेको छ।

बैठकपछि आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद रानाले बैठकको भिडियो रेकर्डिङ मागेका छन्। संसद सचिवालयमा निवेदन दर्ता गर्दै उनले बैठकको दृश्य रेकर्डिङ उपलब्ध गराउन माग गरेका हुन्।

एमालेभित्र देखिएको विवाद संसदीय समितिमा पोखिएको हो। एमालेले शेरबहादुर देउवालाई विश्वासकाे मत दिने २२ सांसदलाई स्पष्टीकरण सौधेको छ भने एमालेको दोस्रो तथा तेस्रो पुस्ताका नेताहरु विवाद मिलाउन प्रयत्नरत छन्।

आइतबार पनि एमालेका तेस्रो पुस्ताका नेताहरु र विघटित एकता कार्यदलकाे बैठक बसेको थियो। बैठकले १० बुँदे सहमतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नै निर्णय गरेकाे थियाे।

नेताहरुले भने सार्वजनिक रुपमा अभिव्यक्ति दिने क्रममा एक अर्कालाई घाेचपेच, व्यंग, कटु आलोचना गर्दै आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com