के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?


प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार

मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ?

एउटा राज्यमा वर्क परमिट लिएर अर्को राज्यमा गएर काम गर्दा समस्या हुनसक्छ । उदाहरणका लागि उहाँले न्युयोर्कको क्वीन्समा बस्ने बताएर न्युयोर्कको अध्यागमन अदालतमा एसाइलमको मुद्दा लड्दै हुनुहुन्छ तर उहाँ टेक्सासमा गएर काम गर्दै हुनुहुन्छ र त्यहाँ बैंक एकाउन्ट पनि खोल्नु भएको छ भने अदालती सुनुवाईका बेलामा समस्या हुनसक्छ ।

यदि उहाँले जहाँबाट वर्क परमिट लिएको हो त्यहाँ नबस्ने कुरा प्रमाणित भएमा जहाँ बसेर काम गरेको हो त्यहाँ मुद्दा स्थानान्तरण हुनसक्छ । यसो हुँदा उहाँको केसमा बर्षौ ढिलाई हुने खतरा समेत रहन्छ ।

उहाँले कुन आधारमा वर्क परमिट लिनुभएको हो, त्यो आधारमा पनि फरक पर्छ । यदि एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड कुरेको अवस्थामा वर्क परमिट लिनुभएको छ भने अमेरिकाभर जहाँ बसेर काम गर्दा पनि समस्या पर्दैन । पारिवारिक वा रोजगारमा आधारित गिर्नकार्ड आउन बाँकी रहेको अवस्था वा टीपीएसमा वर्क परमिट लिएको अवस्थामा फरक पर्दैन । तर एसाइलमका सन्दर्भमा फरक पर्छ । सेल्फ पिटिशन गर्नेहरुका सन्दर्भमा फरक पर्दैन ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com