Follow @khasokhasmag

अमेरिकी विदेशमन्त्री आगामी साता इन्डिया आउने, इन्डो प्यासेफिकबारे छलफल हुने


प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेन आगामी साता इन्डिया भ्रमणमा आउने भएका छन् । जुलाई २७ र २८ मा ब्लींकेनले भारतको भ्रमण गर्ने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा अमेरिका र इन्डियाबीच कोरोनाको महामारी, अफगानिस्तानको अवस्था र इन्डो प्यासेफिक क्षेत्रबारे पनि छलफल हुने जनाइएको छ । अमेरिकी विदेशमन्त्रीमा नियुक्त भएयता ब्लींकेनको यो पहिलो इन्डिया भ्रमण हुनेछ ।

जुलाई २८ मा ब्लींकेनले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा दुईदेशबीचको सम्बन्धका बारेमा छलफल हुने जनाइएको छ । भेटमा क्षेत्रीय र विश्वब्यापी विषयहरुका बारेमा छलफल हुनेछ ।

इन्डियाको भ्रमणपछि अमेरिकी विदेशमन्त्री ब्लींकेन कुवेत जाने कार्यक्रम रहेको छ । अमेरिकी रक्षामन्त्रीले गत मार्चमा इन्डियाको भ्रमण गरिसकेका छन् ।

 

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com