अमेरिकामा १६ करोड बढीलाई कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज, पहिलोमा फाइजर


प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार

अमेरिकामा अहिलेसम्म १६२ दशमलव २ मिलियन अर्थात् १६ करोडभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । जुन कुल जनसंख्याको ४८ दशमलव ८ प्रतिशत हो । पूर्ण डोज लगाउनेहरुमध्ये ८ करोड ६३ लाखले फाइजर, ६ करोड २८ लाखले मोडेर्ना भ्याक्सिन लगाएका छन् ।

झण्डै ३४ करोड डोज भ्याक्सिन वितरण भइसकेकोमा सबैभन्दा धेरैले फाइजर भ्याक्सिन लगाएका छन् । दुई डोज लगाउनुपर्ने यो भ्याक्सिन झण्डै १९ करोड डोज वितरण भएको छ ।

त्यस्तै दोश्रोमा मोडेर्ना भ्याक्सिनको झण्डै १४ करोड डोज वितरण भइसकेको छ । यो भ्याक्सिन पनि दुईडोज लगाउनुपर्ने भ्याक्सिन हो । तेश्रोमा १ करोड ३१ लाखले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएका छन् । एकडोजमात्र लगाएपुग्ने यो भ्याक्सिन लगाउनेहरुको संख्या मोडेर्ना र फाइजरको तुलनामा भने अत्यन्तै कम रहेको छ ।

अमेरिकामा अहिलेसम्म यी तीनवटा भ्याक्सिनलाईमात्र प्रयोगका लागि आपतकालिन अनुमति प्रदान गरिएको छ । मोडेर्ना र फाइजरका भ्याक्सिन गत बर्षको डिसेम्बरदेखि नै वितरण सुरु गरिएको थियो भने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन गत मार्चदेखि वितरण सुरु गरिएको हो ।

अमेरिकामा १२ बर्षमाथिको कुल जनसंख्यामध्ये ५७ प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका छन् भने १८ बर्षमाथिको कुल जनसंख्यामध्ये ५९ दशमलव ७ प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका छन् । ६५ बर्षमाथिका ७९ दशमलव ६ प्रतिशतले पूर्णरुपमा भ्याक्सिन लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com