अमेरिकाको भिजिटर भिसाबारे ६ प्रश्नोत्तर


प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार

म भिजिटर भिसामा अमेरिका गएर कतिसमय बस्नसक्छु ?

अमेरिकाको गैर आप्रवासी भिसाले अमेरिकाको पोर्ट अफ इन्ट्रीसम्मको यात्राका लागि अनुमति दिन्छ । त्यहाँ पुगेपछि सीबीपीका अधिकारीले तपाईं अमेकिामा रहन सक्ने समयको निर्धारण गर्छन् । तपाईंले आफ्नो भिसाको वैधता भएको अन्तिम दिनसम्म पनि पोर्टअफ इन्ट्रीसम्म पुग्न सक्नुहुनेछ । पासपोर्टमा भएको भिसा अवधिले तपाईं कानूनी तवरले अमेरिकामा रहन सक्ने समयको निर्धारण गर्दैन । सीबीपी अधिकारीले अमेरिकामा तपाईंको आगमन भए लगत्तै कतिसमय बस्न पाउने भन्ने कुराको निर्धारण गर्छन् ।

मेरो भिजिटर भिसाको म्याद अमेरिका पुग्ने मिति लगत्तै समाप्त हुनेछ। मैले प्रस्थान गर्नुअघि नयाँ भिसा लिनुपर्छ?

तपाईं भिसामा उल्लेख गरिएको अन्तिम म्यादसम्म अमेरिका आइपुग्न सक्नुहुन्छ । विमानस्थल वा सिमानाकामा सीबीपीका अधिकारीले अमेरिकामा तपाईंको बस्ने अवधि निर्धारण गर्छन्। तपाईंको पासपोर्टमा रहेको भिसाको म्याद तपाईं संयुक्त राज्य अमेरिकामा बसेको बेला नै समाप्त हुन सक्छ । तर तपाईं सीबीपी अधिकारीले दिएको समय अवधि भन्दा बढी बस्नुभएको छैन भने त्यसले फरक पार्दैन ।

मेरो भिसा आगामी ६ महिनामा समाप्त हुनेछ। मैले नयाँ भिसा आवेदन दिन वर्तमान भिसा समाप्त भएसम्म कुनुपर्छ वा अगाडि नै आवेदन दिनसक्छु ?

तपाईंले नयाँ भिसाका लागि आवेदन दिन आफ्नो वर्तमान भिसा समाप्त भएसम्म प्रतिक्षा गर्नु पर्दैन। तपाईंको वर्तमान भिसा वैध छ भने पनि तपाईंले नयाँ भिसाको लागि आवेदन दिन सक्नुहुन्छ।

अमेरिकी दूतावास काठमाडौं

मैले विवाह नहुँदैको नामथरसहितको पासपोर्टमा भिसा लिएको छु । म मेरो विवाहपछिको नाम भएको नयाँ पासपोर्टमा भिसा सार्न सक्छु ?

भिसा एउटा पासपोर्टबाट अर्कोमा स्थान्तरण गर्न मिल्दैन । आफ्नो नाम कानुनी तवरमा विवाह, छोडपत्र, वा अदालत आदेशका आधारमा परिवर्तन भएको छ भने तपाईंले नयाँ राहदानी बनाउनु पर्छ। तपाईँसँग नयाँ राहदानी हुने बित्तिकै तपाईले नयाँ भिसाको लागि आवेदन दिन सक्नुहुनेछ । जसले गर्दा तपाईंको संयुक्त राज्य अमेरिका जाने र फर्किने यात्रा सजिलो हुनेछ ।

मेरो वर्तमान अमेरिकी भिसा अगाडिको जागिर गर्दा जारी भएको थियो । मैले अहिले नयाँ कम्पनीमा काम गरिरहेको छु । नयाँ रोजगारदाताले मलाई अमेरिकामा हुने सम्मेलनमा पठाउन चाहन्छन्। मैले पहिलेकै भिसा प्रयोग गर्न सक्छु ?

तपाईंले आफ्नो भिसाको म्याद समाप्त नभएसम्म त्यही भिसामा संयुक्त राज्य अमेरिकाको यात्रा गर्न सक्नुहुन्छ।तर प्रयोजन भने एउटै हुनुपर्छ ।

मेरो बच्चा संयुक्त राज्य अमेरिकामा अध्ययनरत छ। म उसँगै बस्न सक्छु ?

तपाईंले छोराछोरी भेट्न भिजिटर भिसाको उपयोग गर्न सक्नुहुनेछ । तर तपाईसँग आफ्नै आप्रवासी भिसा, काममदार भिसा वा विद्यार्थी भिसा नभएसम्म तपाईं आफ्नो बच्चासँग लामो समय बस्न सक्नु हुनेछैन ।

युएस ट्राभलडक्सबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com