कोभिशिल्ड खोप कोरोनाको ‘डेल्टा भेरियन्ट’बिरुद्ध उच्च प्रभावकारी


प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार

कोरोनाबिरुद्धको कोभिशिल्ड (आष्ट्राजेनेका) खोप डेल्टा भेरियन्टबिरुद्ध पनि उच्च प्रभावकारी रहेको एक अध्ययनको निष्कर्ष रहेको छ । न्यु ईंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोध अध्ययन अनुशार कोभिशिल्डको दुबै डोज लगाएपछि त्यसको प्रभावकारिता डेल्टा भेरियन्टबिरुद्ध लक्षणसहितको संक्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको छ । नेपालमा डेल्टा भेरियन्टको उच्च संक्रमण रहेको छ ।

यो खोप विगतको अल्फा भेरियन्टबिरुद्ध ७५ प्रतिशत प्रभावकारी देखिएको थियो । तर एकडोजमात्र लगाएको खण्डमा भने डेल्टा भेरियन्टबिरुद्ध कोभिशिल्ड लक्षणसहितको संक्रमण रोक्न कम प्रभावकारी रहेको छ । एकडोजमात्र लगाएको खण्डमा भने ३० प्रतिशतमात्र प्रभावकारी रहेको देखिएको छ । नेपालमा झण्डै १३ लाखले कोभिशिल्डको एकडोजमात्र लगाएर दोश्रो डोजको प्रतिक्षा गरिरहेका छन् । उनीहरुले पहिलो डोज लगाएको ४ महिना पुगिसकेको छ ।

कोभिशिल्ड भ्याक्सिन सिकिस्त हुनबाट र अस्पाल भर्ना हुने अवस्था आउनबाट रोक्न समेत उच्च प्रभावकारी देखिएको छ । जापानले आगामी केही दिनमा नेपालका लागि यो भ्याक्सिन १६ लाख डोज दिने भएको छ । पहिलो डोज लगाएर दोश्रो डोज लगाउन नपाएकाहरुलाई यो भ्याक्सिन दिइने जनाइएको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

नेपालमा वितरण गरिएको कोभिशिल्ड भ्याक्सिन बेलायतमा विकाश गरिएको आष्ट्राजेनेका भ्याक्सिनको भारतीय उत्पादन हो । यो भ्याक्सिन पहिलो डोज लगाएको ४ देखि ६ हप्ताभित्र दोश्रो डोज लगाउन सिफारिस गरिएको थियो । तर अहिले यो भ्याक्सिन १६ हप्तासम्मको फरकमा दोश्रो डोज लगाउँदा समेत प्रभावकारी पाइएको छ ।

दोश्रो डोज लगाउन ढिलो हुँदैमा त्यसले पहिलो डोजको प्रभावकारिता कम नहुने विज्ञहरुले बताएका छन् । पहिलो डोज लगाएका तर दोश्रो डोज लगाएकाहरुलाई चिन्तित नहुन खोप विशेषज्ञ डाक्टर एनके अरोराले सुझाप दिएका छन् । भ्याक्सिन नै नलगाएकाहरुको तुलनामा एकडोज भ्याक्सिन लगाएकाहरुलाई कोरोनाबिरुद्ध उल्लेख्य संरक्षण प्राप्त हुने पुष्टी भएको छ ।

पहिलो डोज भ्याक्सिनले पहिले नै इम्युन रेस्पोन्समा ट्रिगर गर्ने भएकाले दोश्रो डोज लगाउन ढिलो हुँदैमा उक्त इम्युन रेस्पोन्स नहराउने इम्युनोलोजिष्ट डाक्टर डाक्टर विनिता बालले बताइन् । तर एकडोज लगाउँदैमा यसबाट प्राप्त हुने पूर्ण संरक्षण प्राप्त नहुने भएको पूरै डोज आवश्यक हुने उनले बताइन् । दोश्रो डोज भ्याक्सिनले पहिलो डोजबाट निर्मित इम्युनको परिणाम र गुणस्तरमा बृद्धि गर्ने उनले बताइन् ।

पहिलो डोज भ्याक्सिनले बनाएको इम्युन रेस्पोन्स ५ महिनापछि नष्टहुँदै जानसक्ने विज्ञहरुको भनाई छ । कोभिशिल्ड भ्याक्सिनको दुईडोजबीचको अन्तर अन्तर्राष्ट्रिय परीक्षणको तथ्यांक अनुशार ४ हप्ताबाट १२ हप्तासम्म बनाइएको हो । परीक्षणका क्रममा दोश्रो डोज १२ हप्तापछि दिंदा पनि भ्याक्सिनको प्रभावकारिता उल्लेख्य देखिएको थियो ।

बेलायतमा कोभिशिल्ड भ्याक्सिन पहिलो डोज लगाएको १२ हप्तापछि दोश्रो डोज लगाउन सिफारिस गरिएको थियो भने क्यानडाका कतिपय स्थानमा पहिलो डोज लगाएको १६ हप्तापछि दोश्रो डोज सिफारिस गरिएको थियो ।

पहिलो डोज लगाएपछि व्यक्तिलाई कोरोना संक्रमण भएर निको भएको खण्डमा समेत दोश्रो डोज भने नछुटाउन विज्ञहरुले सुझाव दिएका छन् । तर पहिलो डोज लगाएपछि उपलब्ध भएसम्म दोश्रो डोज लगाउँदा धेरै समयको अन्तर नराख्न विज्ञहरुले सुझाव दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com