अमेरिकाको ओरेगनमा भेटियो १ सय पाउण्डको दुर्लभ रंगिन माछा


प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार

अमेरिकाको ओरेगनमा समुन्द्री किनारामा १ सय पाउण्डको दुर्लभ प्रकारको विशाल रंगिन माछा फेला परेको छ । मुनफिसका रुपमा समेत चिनिने ओपाह नामको उक्त माछा ओरेगनको सनसेट बिचमा भेटिएको हो ।

साढे ३ फुट लामो उक्त माछा सिसाइड अक्वारियमले राखेको छ । माछाको पेटमा चाँदी रंगमाथि गुलावी रंग पोतिएको छ भने सेतो भागका थोपाहरु छन् । मुख र पखेटाहरु राता रहेका छन् भने ठूला आँखाहरु सुनौलो रंगले घेरिएका छन् ।

दुर्भाग्यवश उक्त माछा जीवित भने भेटाउन सफल नभएको अधिकारीहरुले बताएका छन् । तर चराहरुले भेट्टाउनु अगाडि नै आफूहरुले भेटाएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् । माछा अहिले ठूलो फ्रिजरमा स्टोर गरेर राखिएको छ ।

एउटा भाग्यशाली विद्यालयको समुहले माछाको चिरफार र अध्ययनमा सहभागी हुने मौका पाउने भएको छ । अक्वारियमले उक्त माछाको प्रजातीका विभिन्न तथ्यांकहरु सकभर धेरै सार्वजनिक गर्ने बताएको छ ।

फोटो: सीसाइड अक्वारियम

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com