जोन्सन एण्ड जोन्सन खोप वितरण आजदेखि सुरु, अवलोकनमा प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरी


प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकी सहयोगमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप वितरण स्थलको अवलोकन गरेका छन् । आजदेखि नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ ।

काठमाडौंमा अपांगता भएकाहरुलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइदै । फोटो :खसोखास

प्रधानमन्त्री शेरबहादुर देउवासँगै राजदूत बेरीले काठमाडौं उपत्यकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा अमेरिकी जनताको सहयोगमा आजदेखि शुरू गरिएको जोन्सन एन्ड जोन्सनको कोभीड १९ खोप लगाउने कार्यक्रमको अवलोकन गरेका हुन् ।

काठमाडौंमा जोन्सन एण्ड जोन्सनको खोप लगाएपछि । फोटो: खसोखास

नेपाल अर्थोपेडिक अस्पतालको खोप केन्द्र जोरपाटीमा आज अपांगता भएका व्यक्तिलाई जोन्सन एण्ड जोन्सनको खोप वितरण गरेर अभियानको सुरुवात गरिएको हो । आजदेखि साउन ६ गतेसम्म काठमाडौं उपत्यकामा जोन्सन एण्ड जोन्सनको खोप अभियान संचालन हुनेछ ।

जोन्सन एण्ड जोन्सनको खोप लगाउने प्रतिक्षामा रहेकाहरु । फोटो : खसोखास

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप अनुदानमा दिएको थियो। एक मात्रामात्रै लगाए पुग्ने खोप आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका, अपाङ्गता भएका, शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई दिन सुरु गरिएको हो ।

जोन्सन एण्ड जोन्सनको खोप लगाइदै । फोटो :खसोखास

भ्याक्सिन लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com