यी हुन् अमेरिकाका सबैभन्दा महँगा राज्यहरु, न्युयोर्क दोश्रोमा


प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार

विभिन्न आधारमा अमेरिकाका सबैभन्दा महँगा राज्यहरुको अध्ययगन गरेर सीएनबीसीले त्यसको सुची सार्वजनिक गरेको छ । जीवनयापनका लागि हुने खर्च, घरको मूल्य, उर्जाको मूल्य, दुधको मूल्य लगायतका कैयन मापदण्डहरुका आधारमा सबै ५० वटा राज्यहरुलाई स्कोर प्रदान गरिएको छ ।

अमेरिकाको सबैभन्दा महँगो राज्य हवाई रहेको छ । यो राज्यमा औषत घरको मूल्य १३ लाख ८६ हजार ४ सय ८३ डलर रहेको छ । आधा ग्यालेन दुधको मूल्य औषतमा ४ डलर ३१ सेन्टस रहेको छ भने मासिक इनर्जी बिल ४७० डलर ३८ सेन्टस रहेको छ ।

महँगो राज्यमा दोश्रोमा न्युयोर्क रहेको छ । घरको औषत मूल्य म्यानहटनमा २२ लाख २७ हजार ८ सय ६ डलर रहेको छ । तर जीवनयापनका लागि समग्र स्कोर ३ प्राप्त गरेको छ । आधा ग्यालेन दुधको मूल्य औषतमा ३ डलर ११ सेन्टस रहेको छ भने मासिक इनर्जी बिल औषतमा १५७ डलर ७० सेन्टस रहेको छ ।

हवाईको स्याटेलाइट भ्यु

क्यालिफोर्निया महँगो राज्यको सुचीमा तेश्रोमा रहेको छ । औषत घरको मूल्य १३ लाख ६२ हजार १ सय ६३ डलर र औषत इनर्जी बिल मासिक २६७ डलर ८४ सेन्टस रहेको छ । आधा ग्यालेन दुधको मूल्य औषतमा २ डलर ८३ सेन्टस रहेको छ । जीवनयापनका लागि समग्र खर्च स्कोरमा ७५ मा ५ प्राप्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महँगो राज्यमा ओरेगन चौथोमा रहेको छ भने मासाचुसेट्स पाँचौंमा रहेको छ । त्यस्तै अलास्का छैठौंमा रहेको । सातौंमा मेरिल्याण्ड र आठौंमा कनेक्टिकट रहेको छ । नवौंमा रोढ आइल्याण्ड रहेको छ भने दशौंमा न्युजर्सी परेको छ । न्युजर्सीमा औषत घरको मूल्य ६ लाख १५ हजार ७ सय ३८ रहेको छ भने आधा ग्यालेन दुधको मूल्य औषतमा २ डलर ४३ सेन्टस रहेको छ ।

सबैभन्दा सस्ता राज्यहरु

अमेरिकामा सबैभन्दा सस्तो राज्य मिसिसिपी रहेको छ । औषतमा घरको मूल्य २ लाख ४७ हजार ८ सय १२ डलर रहेको छ भने इनर्जी बिल औषतमा १५३ डलर ७६ सेन्टस रहेको छ । औषतमा आधा ग्यालेन दुधको मूल्य २ डलर ३७ सेन्टस रहेको छ ।

मिसिसिपीपछि सस्तो कन्सास रहेको छ । कन्सासमा घरको मूल्य औषतमा २ लाख ९९ हजार रहेको छ । कन्सासपछि ओक्लोहोमा र त्यसपछि अर्कान्सास सबैभन्दा सस्तो रहेको छ । अर्कान्सासपछि सस्तो मिजौरी रहेको छ । त्यसपछि अबालामा राज्य सस्तो राज्यका रुपमा रहेको छ । अलाबामापछि न्यु मेक्सिको सस्तो राज्य रहेपनि त्यसपछिका सस्ता राज्य जर्जिया र टेनेसी रहेका छन् । यी दुई राज्यले बराबर स्कोर प्राप्त गरेका छन् ।

इन्डियाना सस्तो राज्यमा १० औं नम्बरमा परेको छ । इन्डियानामा घरको औषत मूल्य ३ लाख ३९ हजार रहेको छ भने आधा ग्यालेन दुधको औषत मूल्य १ डलर ३९ सेन्टस रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com