कोरोनाबिरुद्धको भ्याक्सिनमा सफलतापछि मोडेर्नाको निशानामा एचआईभी, क्यान्सर, जीका र फ्लु


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

कोरोनाबिरुद्ध एमआरएनए विधिबाट बनाइएको भ्याक्सिनमा सफलतापछि मोडेर्नाको निशानामा अब एचआईभी, क्यान्सर, जीका र फ्लु समेत परेका छन् । भ्याक्सिन निर्माणको परम्परागत विधिलाई चुनौती दिदै एमआरएनए विधिबाट बनेको भ्याक्सिन सबैभन्दा धेरै सफल भएपछि यही विधिबाट एचआईभी, क्यान्सर, जीका र फ्लुबिरुद्ध लड्ने भ्याक्सिन निर्माणको योजनामा मोडेर्ना लागेको हो ।

गतबर्षसम्म एमआरएनए विधिबाट बनाइएको भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणसम्म पुग्नेमा नै विज्ञहरुले आंशका गरेका थिए । तर परम्परागत विधिबाट बनेका कोरोनाबिरुद्धको भ्याक्सिनको तुलनामा एमआरएनए विधि बढी प्रभावकारी र कोरोनाबिरुद्धको लडाईमा बरदान नै सावित भएपछि एमआरएनए विधि अन्य रोगहरुबिरुद्ध समेत प्रयोग गर्न सकिनेबारे अध्ययन सुरु भएको छ ।

गतबर्षसम्म घाटामा रहेको मोडेर्ना इन्कले यो बर्ष १ बिलियन डोजसम्म भ्याक्सिन डेलिभर गर्ने र १९ बिलियन डलरसम्म आम्दानी गर्ने अपेक्षा गरिएको छ । पहिलोपटक कम्पनीको बजार मूल्य जुलाई १४ मा एकसय बिलियन डलर नाघेको छ । कम्पनीका सीईओ स्टेफन बन्सेलले कोरोनाबिरुद्धको भ्याक्सिन सुरुवातमात्र भएको र एमआरएनए विधिले काम गरेमा कम्पनीले मुटुको रोगदेखि क्यान्सरसम्मका रोगहरुबिरुद्ध नेतृत्व गर्न सक्षम हुने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोडेर्नाले अहिले मुटुको रोगदेखि क्यान्सरहुँदै दुर्लभ जेनेटिक अवस्थासम्मका लागि औषधीको परीक्षण गरिरहेको छ । सीईओ बन्सेलले उनको कम्पनी जिका, निम्फ, एचआईभी जस्ता भाइरसहरुबिरुद्ध भ्याक्सिन विकाश गरेर प्रभावकारी भ्याक्सिन उत्पादक बन्न सक्ने समेत बताएका छन् । विगत ४० बर्षमा ५० भन्दा धेरै मान्छेमा संक्रमण हुने नयाँ भाइरसहरु भेटिएका छन् । त्यसका बिरुद्ध जम्मा ३ वटा भ्याक्सिनमात्र स्वीकृतिप्राप्त रहेका छन् ।

मोडेर्ना कम्पनीले १० प्रकारका भाइरबिरुद्धका भ्याक्सिनमा काम गरिरहेको छ । जसमध्ये केहीको मान्छेमा क्लीनिकल परीक्षण भइसकेको छ भने केहीको हुने चरणमा रहेको छ । जसमा तीनप्रकारका कोभिड १९ बिरुद्धका बुस्टर भ्याक्सिन समेत रहेका छन् । ती परीक्षणको मध्य चरणमा रहेका छन् । फ्लुबिरुद्धको भ्याक्सिनको मान्छेमा परीक्षण यसै महिनाबाट सुरु हुनेछ । एचआईभीबिरुद्धको भ्याक्सिनको अध्ययन यसैबर्षको अन्तिमदेखि सुरु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com