अमेरिकाको ओहायोमा दुर्घटनावश एउटालाई प्रत्यारोपण गर्नुपर्ने मृगौला अर्कैलाई


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

अमेरिकाको ओहायोमा दुर्घटनावश एउटालाई प्रत्यारोपण गर्नुपर्ने मृगौला अर्कैलाई प्रत्यारोपण गरिएको अस्पतालले स्वीकार गरेको छ । युनिभर्सिटी अस्पताल क्लीभल्याण्ड मेडिकल सेन्टरले यस्तो दुर्घटना भएको स्वीकार गरेको हो ।

अहिले घटनाबारे अनुसन्धान भइरहेको र दुईजना केयरगिभरहरुलाई छुट्टीमा पठाइएको अस्पतालले जनाएको छ । एउटा व्यक्तिलाई दिनुपर्ने मृगौला अर्कै व्यक्तिले पाएको गल्तीबाट आफूहरु निराश भएको अस्पतालले वक्तब्यमार्फत जनाएको छ ।

गल्तीले मृगौला पाउने व्यक्ति पनि प्रत्यारोपण प्रतिक्षा गरिरहेका व्यक्ति रहेका थिए । ती व्यक्तिका लागि पनि गल्तीले प्रत्यारोपण गरिएको मृगौला मिल्दोखालको रहेको र उनी आशा गरे अनुशार नै निको हुँदै गइरहेको अस्पतालले बताएको छ ।

तर जसले मृगौला पाउनुपर्ने थियो, ती व्यक्ति भने अझै पनि मृगौलाको प्रतिक्षामा रहेका छन् । अस्पतालको गल्तीका कारण उनको प्रत्यारोपण सर्जरीमा ढिलाई हुन पुगेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालले अवस्थाको गम्भीरतापूर्वक पुनरावलोकन गरिरहेको र अमेरिकाको राष्ट्रिय अंग प्रत्यारोपण प्रणाली युनाइटेड नेटवर्क फर अर्गान शेयरिङलाई यसबारे जानकारी दिइसकिएको जनाएको छ । अस्पतालले गल्तीका लागि मृगौला प्रत्यारोपण कुरिरहेका बिरामीका आफन्तहरुसँग माफी समेत मागेको छ ।

मृगौलाको नमुना

यस्ता गल्तीहरु दुर्लभ हुने गरेपनि विगतमा समेत भएको जनाइएको छ । सन् २०१९ मा न्युजर्सीको अस्पतालमा समेत मृगौला प्रत्यारोपण कुरिरहेका दुई बिरामीहरुमध्ये एउटालाई दिनुपर्ने मृगौला अर्कैलाई दिइएको थियो । त्यतीबेला ती दुई बिरामीको नाम र उमेर एउटै भएका कारण उक्त दुर्घटना भएको थियो ।

संयोगवश त्यतीबेला पनि झुक्किएर मृगौला प्रत्यारोपण गरिएका व्यक्तिमा पनि प्रत्यारोपण गरिएको मृगौला मिलेको थियो । यदि मृगौला नमिलेको खण्डमा त्यसको परिणाम निकै नकारात्मक हुनसक्ने र व्यक्तिको मृत्युसमेत हुनसक्ने खतरा रहन्छ ।

सन् २०२० मा अमेरिकाभर झण्डै ३९ हजार अंग प्रत्यारोपण गरिएको छ । त्यसमध्ये अधिकांश मृगौला प्रत्यारोपण रहेका छन् । झण्डै १ लाख ७ अमेरिकनहरु अंग प्रत्यारोपणका लागि प्रतिक्षा सुचीमा रहेका छन् ।

अमेरिकामा विश्वमै सबैभन्दा ठूलो अंगदान र प्रत्यारोपण प्रणाली रहेको छ । महामारीका बेलामा पनि अमेरिकाको संघीय सरकारसँगको सम्झौतामा संचालित गैरनाफामुलक निजी संस्था राष्ट्रिय अंग प्रत्यारोपण प्रणाली युनाइटेड नेटवर्क फर अर्गान शेयरिङले अंग प्रत्यारोपणको व्यवस्था गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com