मंगलबार जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरणमा अन्यौल, घण्टौं लाइनमा बसेकाहरु भ्याक्सिन नलगाई फिर्ता


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

(नोट: यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । यस अगाढि स्वास्थ्य मन्त्रालयको भनाईलाई आधार मानेर मंगलबारदेखि जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण सुरु भएको उल्लेख गरिएकोमा उक्त विवरण सच्याइएको छ ।)

सरकारले मंगलबारदेखि नै नेपालमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण सुरु गर्ने बताएपनि त्यसबारे मंगलबार अन्यौल कायम रह्यो । भ्याक्सिन वितरण केन्द्रहरुमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाउन पुगेका कैयन सर्वसाधारण घण्टौं लाइन बसेर भ्याक्सिन नलगाई फर्कनुपरेको गुनासो गरेका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तरगतको हेल्थ इमर्जेन्सी अपरेशन सेन्टर एचईओसी नेपाल प्रहरी अस्पताल काठमाडौंमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाउन सुरु भइसकेको बताएपनि नेपाल प्रहरी अस्पतालले भने भेरोसेलमात्र लगाइएको पुष्टी गरेको थियो ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि मंगलबार जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण हुने सुचना पाएका सर्वसाधारणहरु घण्टौं लाइन बसेर भ्याक्सिन नलगाई फर्के ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार बसेको बैठकले साउन ४ देखि ६ सम्म काठमाडौंका विभिन्न खोप केन्द्रहरुबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएपछिमात्र अन्यौल हटेको छ । काठमाडौंमा अब तोकिएका खोपकेन्द्रहरुबाट असार २९ देखि साउन २ सम्म भेरोसेल र साउन ४ देखि ६ सम्म जोन्सन एण्ड जोन्सन भ्याक्सिन वितरण हुने भएको छ ।

भ्याक्सिन वितरणबारे थप जानकारीका लागि स्थानीय निकायहरुमा सम्पर्क गर्न सुझाव दिइएको छ । वडा कार्यालयहरुमार्फत पनि यस्तो जानकारी प्राप्त गर्न सकिनेछ । टोखा नगरपालिका अन्तरगत बुधबारदेखि ग्राण्डी अस्पताल र अल नेपाल अस्पतालमा भेरोसेल भ्याक्सिन लगाइने नगरपालिकाले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन भ्याक्सिन ५० देखि ५४ वर्ष उमेरका व्यक्तिले लगाउन सक्नेछन् । तोकिएको उमेर समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन अशक्त र अपाङ्गता भएका व्यक्ति समेत योग्य रहेका छन् । त्यस्तै नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन पाउन योग्य छन् ।

भ्याक्सिन लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

५५ बर्षभन्दा माथिकाहरुलाई भने चाइनिज भ्याक्सिन भेरोसेल प्रदान गरिदैछ । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक पनि भेरोसेल लगाउन योग्य रहेका छन् । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाउन योग्य रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com