हैटीका राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंकामा २ अमेरिकी नागरिक पक्राउ


प्रकाशित मिति : असार २४, २०७८ बिहीबार

हैटीका राष्ट्रपति जोभनेल माइजको हत्यामा संलग्न भएको आशंकामा २ जना अमेरिकी नागरिकलाई पक्राउ गरिएको छ । हैटीका राष्ट्रपतिको हत्यामा खुफिया एजेन्सीका लागि काम गर्ने व्यक्ति संलग्न भएको आशंकामा अनुसन्धान थालिएको छ । तर पक्राउ परेका अमेरिकन नागरिक केसँग सम्बन्धित हुन् भन्नेबारे केही खुलाइएको छैन ।

हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका ती अमेरिकन नागरिकहरु भने हैटीयन मूलका नै हुन् । उनीहरु ३५ बर्षका जेम्स सोलागेज र ५५ बर्षका जोसेफ भिन्सेन्ट रहेको जनाइएको छ । हत्यामा संलग्न भएको आशंका गरिएका कम्तीमा ३ जना मारिएका छन् । १७ जनालाई हिराशतमा लिइएको छ भने ७ जना फरार रहेका छन् ।

हैटियन अमेरिकनहरुबाहेकका अन्य संदिग्धहरु कोलम्बियन रहेको अधिकारीहरुले जनाएका छन् । हत्या कसले र कुन उद्देश्यले गरेको हो भन्नेबारे केही स्पष्ट छैन । तर अधिकारीहरुले राष्ट्रिय संचारमाध्यमहरुमार्फत संदिग्धहरु सार्वजनिक गरेका छन् । कोलम्बियन अधिकारीहरुले संदिग्धमध्ये केही कोलम्बियन सेनाका पूर्व सदस्यहरु रहेको पुष्टी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति मोइजको हत्याका लागि जाने बेला आक्रमणकारीहरुले आफूहरु लागुऔषधबिरुद्धको अमेरिकी कानून कार्यान्वय निकायका व्यक्ति भएको बताएका थिए । तर अमेरिकाले हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपतिले माइजको हत्याको निन्दा गरेका छन् ।

घटनामा घाइते राष्ट्रपति मोइजकी पत्नी मार्टिन मोइजलाई उपचारका लागि अमेरिकाको फ्लोरिडा ल्याइएको छ । उनलाई एयर एम्बुलेन्समार्फत अमेरिका ल्याइएको हो ।

राष्ट्रपति मोइजको हत्यापछि हैटीका सबै सिमानाकाहरु बन्द गरिएको छ भने उडानहरु समेत बन्द गरिएको छ ।

जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए। भ्रष्टाचारका अभियोगहरूका माझ मोइजले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनको सामना गर्नु परिरहेको थियो। यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् गरीब मुलुक हाइटीमा शासन गर्दै आएका थिए। उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com