न्युयोर्क सिटी मेयर प्राइमरीमा नेपालीमाझ लोकप्रिय एरिक आडम्स विजयी, आगामी मेयर बन्ने पक्का


प्रकाशित मिति : असार २३, २०७८ बुधबार

नेपाली टोपीमा एरिक आडम्स

न्युयोर्क सिटीमा मेयरका लागि भएको डेमोक्रेटिक प्राइमरी चुनावमा एरिक आडम्स अत्यन्तै कडा प्रतिस्पर्धाका साथ विजयी भएसँगै आगामी नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा पनि निर्वाचित भएर मेयर हुने लगभग पक्का भएको छ । डेमोक्र्याट्सहरुको नियन्त्रण रहेको न्युयोर्क सिटीमा डेमोक्रेटिक प्राइमरीमा निर्वाचित हुने उम्मेदबार नै मेयर हुने लगभग सुनिश्चित रहन्छ ।

१ लाख १८ हजार हुलाकबाट पठाइएका मतपत्रहरु गणना गर्दा एरिक आडम्सले क्याथरिन ग्रासियालाई पछाडि पार्दै डेमोक्रेटिक प्राइमरीमा निर्वाचित भएका हुन् । जम्मा ८ हजार ४ सय २६ को भोटको अग्रतासहित आडम्सले जितेका हुन् । उनले कुल ४ लाख ३ हजार ३ सय ३३ मत अर्थात् ५० दशमलव ५ प्रतिशत मत ल्याएका छन् भने ग्रासियाले ३ लाख ९४ हजार ९ सय ७ अर्थात् ४९ दशमलव ५ प्रतिशत मत ल्याएकी छिन् ।

नेपाली समुदायमाझ एरिक आडम्स : कोरोना महामारीका बेलामा समुदायलाई सहयोग गर्ने क्रममा एरिक आडम्सका साथमा आनन्द बिष्ट ।

गरिबीबाट उठेर प्रहरी क्याप्टेनहुँदै बु्रकलिन बोरो पे्रसिडेण्ट भएका एरिक आडम्स अब अमेरिकाको सबैभन्दा विशाल सिटी न्युयोर्क सिटीको दोश्रो अश्वेत मेयर हुने बाटोमा रहेका छन् । यो चुनावलाई न्युयोर्क सिटीको यो पुस्ताकै सबैभन्दा महत्वपूर्णमध्येको चुनाव भनिएको छ, जसबाट निर्वाचित हुने मेयर समक्ष कोरोना महामारीबाट क्षतिग्रस्त न्युयोर्क सिटीलाई पुनजीर्वित पार्ने तथा सिटीभित्रको सामाजिकआर्थिक तथा विभेदपूर्ण असमानतालाई सम्बोधन गर्नुपर्ने दायीत्व रहेको छ ।

पछिल्लो चरणमा न्युयोर्क सिटीभित्र बढेका गोलीकाण्ड र अपराधका घटनाले गर्दा न्युयोर्क सिटीलाई सुरक्षित बनाउनुपर्ने दायीत्व अझै धेरै बढेको छ । कानून कार्यान्वयन पृष्ठभूमिका एरिक आडम्सले शान्ति सुरक्षा कायम गर्ने सन्दभएको एजेण्डामा न्युयोर्कबासीको मन जित्न सफल भएका थिए । आडम्सको जीत आगामी साता इलेक्सन बोर्डबाट औपचारिक रुपमा प्रमाणिकरण हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एरिक आडम्सका साथमा न्युयोर्क सिटी काउन्सिल चुनावमा नेपाली मूलको पहिलो उम्मेदबार बनेर इतिहास कायम गर्न सफल नवराज केसी ।

एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।

एरिक आडम्सका साथमा न्युयोर्कका नेपाली लेखक राजन थपलिया ।

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।

यसैबीच न्युयोर्कमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र ज्याक्सनहाइट र एल्महस्र्ट लगायतलाई समेटेको डिस्ट्रिक्ट २५ डेमोक्रेटिक प्राइमरीमा शेखर कृष्नन विजयी भएका छन् । उनले यी चेनलाई झण्डै ७ प्रतिशतले पछाडि पार्दै विजयी भएका हुन् । शेखरले ६ हजार ३ सय ५२ अर्थात् ५३ दशमलव ४ प्रतिशत मत ल्याएका छन् भने यी चेनले ५ हजार ५ सय ४७ अर्थात् ४६ दशमलव ६ प्रतिशत मत ल्याएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com