न्युयोर्क मेयर चुनावको सच्याइएको नतिजा सार्वजनिक, नेपालीमाझ लोकप्रिय एरिक आडम्सलाई ५१.१ प्रतिशत


प्रकाशित मिति : असार १७, २०७८ बिहीबार

अन्तत: न्युयोर्कको इलेक्सन बोर्डले न्युयोर्क सिटी मेयरका लागि भएको डेमोक्रेटिक प्राइमरी चुनावको सच्याइएको नतिजा सार्वजनिक गरेको छ । नमूना मतपत्रहरु मिसिएको चुनावी मतगणनाको परिणाम सार्वजनिक गरेको भोलिपल्ट प्रणालीबाट नमूना मतपत्रहरुको विवरण हटाएर र्यांक च्वाइस मतगणनाको परिणाम सार्वजनिक गरिएको हो ।

अपडेट गरिएको मतपरिणाम अन्तरगत एरिक आडम्सले २ प्रतिशतलेमात्र अग्रता कायम गरेका छन् । चुनावी रातको परिणाममा आडम्सले झण्डै ९ प्रतिशतले अग्रता कायम गरेका थिए । तर कसैले पनि ५० प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि र्यांक च्वाइस मत समेत गणना गर्दा एरिक आडम्सको अग्रता अन्तर घटेको हो ।

पूर्व ब्रुकलिन बोरो प्रेसिडेण्ड समेत रहेका आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।

अहिलेसम्म अग्रिम मतदान र प्राइमरीको दिनमा भएको मतदानको मतपरिणाममात्र सार्वजनिक गरिएको छ । हुलाकबाट पठाएका मतपत्रहरु गणना गर्न भने अझै बाँकी नै छ । अहिलेसम्मको मतपरिणाम अन्तरगत एरिक आडम्सले ३ लाख ५८ हजार ५ सय २१ अर्थात् ५१ दशमलव १ प्रतिशत मत ल्याएका छन् । त्यस्तै क्याथरिन ग्रासियाले ४८ दशमलव ९ प्रतिशत अर्थात् ३ लाख ४३ हजार ७ सय ६६ मत ल्याएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवौं राउण्डसम्मको र्यांक च्वाइस मत गणना गर्दा माया विले चुनावी दौडबाट बाहिरिएकी छिन् । तर उनले अझै १० औं हजार मतगणना गर्न बाँकी रहेकाले चुनाव अझै खुल्ला नै रहेको बताएकी छिन् । चुनावमा १ लाख १७ हजार ३ सय २७ जनाले दोश्रो च्वाइस विना नै एकजनालाईमात्र मतदान गरेका थिए ।

झण्डै १ लाख २३ हजार हुलाकबाट पठाएका मतपत्रहरु गणना गर्न बाँकी रहको छ । एरिक आडम्सले कुल मतमा अग्रता प्राप्त गरेपनि म्यानहटनमा पछाडि छन् । म्यानहटनमा अझै झण्डै ३९ हजार मतपत्रहरु गणना गर्न बाँकी रहेको छ ।

तस्वीर: सुनिल महतको फेसबुकबाट

जुन २९ हुलाकबाट मतपत्रहरु प्राप्त गर्ने अन्मित दिन हो । जुलाई ६ मा दोश्रो चरणको र्यांक च्वाइस मतगणनाको रिपोर्ट सार्वजनिक गरिनेछ । औपचारिक रुपमा अन्तिम परिणाम जुलाई ९ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

रिपब्लिकन प्राइमरीमा भने कुर्तिस सिल्वाले ६८ दशमलव ९ प्रतिशत मत ल्याएर विजय हासिल गरिसकेका छन् । उनले कुल ३६ हजार ८ सय ७२ मत ल्याएका हुन् । कुर्तिस सिल्वाले अब नोभेम्बरमा हुने चुनावमा डेमोक्रेटिक प्राइमरीबाट निर्वाचित हुने उम्मेदबारसँग प्रतिस्पर्धा गर्नेछन् ।

यद्यपी डेमोक्रेटिक प्राइमरीबा निर्वाचित हुने उम्मेदबार नै न्युयोर्कको मेयर हुने पक्का भएकाले नोभेम्बरको चुनावको तुलनामा अहिलेको प्राइमरीलाई चासोका साथ हेरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com