कागजपत्रविहिन पनि निशुल्क स्वास्थ्य विमाका लागि योग्य हुने बिल पारित


प्रकाशित मिति : असार १३, २०७८ आईतबार

अमेरिकाको ओरेगनमा कागजपत्रविहिन पनि निशुल्क स्वास्थ्यविमाका लागि योग्य हुने बिल पारित भएको छ । ओरेगन राज्यको सिनेटले शनिबार उक्त बिल पारित गरेको हो । जसमा गभर्नरले हस्ताक्षर गरेपछि राज्यभर रहेका कागजपत्रविहिन आप्रवासीहरु निशुल्क स्वास्थ्य विमा मेडिकेडका लागि योग्य हुने भएका छन् ।

एचबी ३३५ नामको यो बिलको पक्षमा सिनेटमा १७ र विपक्षमा ११ मत खसेको थियो भने राज्यको प्रतिनिधिसभामा पक्षमा ३७ र विपक्षमा २१ मत खसेको थियो । ओरेगनमा झण्डै १ लाख १० कागजपत्रविहिनहरु रहेको र यसबापत आगामी २ बर्षमा राज्यबाट १ सय मिलियन डलर खर्च हुने जनाइएको छ ।

This was captured well waiting for the doctor who was busy at the time

बिल लागु भएपछि एकलाख भन्दा बढीको मेडिकल कभरेज विस्तार हुने अपेक्षा गरिएको छ । उनीहरु अहिलेसम्म आप्रवासी अवस्थाका कारण मेडिकेडका लागि योग्य थिएनन् । गभर्नर केट ब्राउनले बिलमा हस्ताक्षर गर्ने निश्चितप्राय रहेको छ । ब्राउन यो बिलमा पक्षमा रहदै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कले पनि हालैमात्र महामारीका लागि आम्दानी गुमाएका तर संघीय सहायताका लागि योग्य नभएका कागजपत्रविहिनले १५ हजार ६ सय डलरसम्म पाउने गरी २ बिलियनको फण्ड स्थापना गरेको हो । कागजपत्रविहिनहरुलाई पनि विभिन्न सुविधाबाट वञ्चित हुन नदिन डेमोक्र्याट्स राज्यहरुमा चालिएका कदममा ओरेगनको पछिल्लो कदम आएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com