अमेरिकाको न्यू मेक्सिकोमा हटबेलुन दुर्घटना हुँदा ४ जनाको मृत्यु, एकजना गम्भिर घाइते
प्रकाशित मिति : असार १२, २०७८ शनिबार
अमेरिकाको न्यू मेक्सिकोमा हटबेलुन दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएको र घाइतेको अवस्था गम्भिर रहेको जनाइएको छ । शनिबार विहान अल्बुकर्कको विद्युतीय लाइनमा बेलुन ठोक्किएको हो ।
क्यामरुन ओ १२० हट बेलुन दुर्घटना भएको प्रहरीले जनाएको छ । अल्बुकर्क इन्टनेशनल सर्पोट एयरपोर्टभन्दा ६ माइल पश्चिममा उक्त दुर्घटना भएको हो । विद्युत लाइनमा ठोक्किएपछि आगो लागेको थियो ।

हट बेलुन ठोक्किदा लागेको चोटका कारण ४ जनाको मृत्यु भएको र घाइते एकजनालाई स्थानीय अस्पतालमा भर्ना गरिएपनि अवस्था अस्थीर र गम्भिर रहेको छ । मृतकमध्ये २ जना पुरुष र २ जना महिला भएको जनाइएको छ । मृतकमध्ये एकजना हट बेलुनका पाइलट रहेको जनाइएको छ ।
Our officers are responding to a hot air balloon crash in the area of Central Ave and Unser Blvd where a balloon appears to have hit a power line.
— Albuquerque Police Department (@ABQPOLICE) June 26, 2021
मृतकहरु ४० देखि ६० बर्षसम्मका रहेको प्रहरीको भनाई छ । बेलुन दुर्घटनापछि उक्त क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो । झण्डै १४ हजारका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको जनाइएको छ ।
दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेका छन् ।





