ट्रम्पका वकिल रुडी जुलियानीको न्युयोर्कको कानूनी लाइसेन्स खारेज


प्रकाशित मिति : असार १०, २०७८ बिहीबार

राष्ट्रपति चुनावाको परिणाम उल्टाउन लागिपरेका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीको न्युयोर्कको कानूनी लाइसेन्स खारेज गरिएको छ । उनलाई अब न्युयोर्क राज्यमा कानूनी अभ्यास गर्नमा रोक लागेको छ ।

अदालतसमक्ष गलत बयानहरु दिएको र गलत अभ्यास गरेका कारण उनी वकिलका रुपमा अभ्यास गर्न योग्य नरहेको अदालतले ठहर गरेको हो । उनले सन् २०२० को राष्ट्रपति चुनावको परिणाम उल्टाउनका लागि ट्रम्पको असफल प्रयासको अभियानमा साथ दिएको लगायतका सन्दर्भ उल्लेख गर्दै ३३ पृष्ठ लामो निर्णय अदालतले सार्वजनिक गरेको हो ।

अदालतको अनुशासन समितिले आफ्नो निष्कर्षमा सार्वजनिक रुचीमा तत्काल जोखिमपूर्ण रहेको र कानूनको अभ्यास गर्नबाट अन्तरिम रोक लगाउने निर्णय गरिएको उल्लेख छ । सेवानिबृत्त न्यायाधिसहरु जोन लेभेन्थल र ब्यारी कामिन्सले जुलियानीका लागि प्रतिरक्षा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुडी जुलियानी साउदर्न डिस्ट्रिक्ट अफ न्युयोर्कको युएस एटोर्नी अफिसबाट अनुसन्धानमा रहेका छन् । उनका नाममा जारी सर्च वारेन्टका कारण गत अप्रिलमा उनको घर र कार्यालयबाट १८ वटा विद्युतीय उपकरणहरु कब्जा गरिएको थियो । ट्रम्पको युक्रेनसँगको डिलमा उनको स्थीतिबारे अनुसन्धान भइरहेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com