अमेरिकामा बन्दुक किन्न चाहने झण्डै ३ लाखलाई दिइएन अनुमति, ४२ प्रतिशत विगतमा गम्भिर अपराध गरेकाहरु


प्रकाशित मिति : असार ९, २०७८ बुधबार

सन् २०२० मा अमेरिकामा बन्दुक किन्न चाहने व्यक्तिको एफबीएले गरेको पृष्ठभूमि परीक्षणका क्रममा ३ लाखभन्दा बढीलाई अयोग्य ठहराइएको एफबीएले खुलासा गरेको छ । पृष्ठभूमि परीक्षणका कारण ३ लाखभन्दा बढी गलत व्यक्तिका हातमा लाइसेन्सप्राप्त बन्दुक पुग्नबाट रोक लागेको थियो ।

सन् २०१९ को तुलनामा पृष्ठभूमि परीक्षणका क्रममा झण्डै दोब्बरलाई सन् २०२० मा बन्दुक किन्नबाट रोक लगाइएको थियो । बन्दुक किन्न खोजेका तर रोक लगाइएकामध्ये झण्डै ४२ प्रतिशत व्यक्ति विगतमा गम्भिर अपराधमा दोषी प्रमाणित भएकाहरु थिए ।

अमेरिकाका बन्दुक हिंशाका घटना बढिरहँदा बन्दुक नियन्त्रणसम्बन्धि बिल राष्ट्रपति जो बाइडेनको समर्थन र संसदमा डेमोक्रेटिक सांसदहरुको बहुमतका बाबजुत पनि पारित हुन सकेको छैन । पृष्ठभूमि परीक्षणलाई बलियो बनाउनका लागि ल्याएइएको यो बिल संसदको सिनेटमा रोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्दुकको खरिदमा १० दिनको पुनरावलोकन, बिक्री र ओसारपसारमा पृष्ठभूमि परीक्षणको आवश्यकता लगायतका प्रावधानहरु राखिएको बिल मार्चमा पनि प्रतिनिधिसभाबाट पारित भएको थियो । अधिकांश राज्यहरुमा संघीय सरकारबाट लाइसेन्सप्राप्त डिलरबाट बन्दुक किन्दामात्र पृष्ठभूमि परीक्षण गर्नुपर्ने नियम रहेको छ । यसका बाबजुत पनि बिलले सिनेटमा रिपब्लिकनको समर्थन पाउन सकेन ।

अमेरिकामा बन्दुक किन्ने क्रममा पृष्ठभूमि परीक्षण गर्दा क्रेताले झुठो बोलेको खण्डमा १० बर्षसम्म जेल सजाय र ठूलो जरिवानाको कानून रहेको छ । तर बन्दुक किन्नु अगाडि फर्म भर्दा ठूलो विवरण पेश गरेको आधारमा कारवाहीमा पर्नेहरुभने अत्यन्तै कममात्र रहेका छन् । सन् २०१७ मा बन्दुक किन्न स्वीकृति नदिइएका १ लाख १२ हजारमध्ये १२ जनालाईमात्र झूठो विवरण पेश गरेका कारण जनालाईमात्र गरिएको थियो ।

सन् २०२० मा बन्दुक किन्न रोक लगाइएकाहरुमध्ये १६ प्रतिशतलाई राज्यहरुमा लागु रातो झण्डा कानून वा अत्याधिक जोखिम संरक्षण आदेशहरुका कारण रोकमा परेकाहरु रहेको सर्वेक्षणमा देखिएको छ । त्यस्तै १२ प्रतिशत विगतमा घरेलुहिंशामा दोषी ठहरिएकाहरु थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com