नेपाली मूलका उम्मेदबार रहेको न्युयोर्क सिटीको डिस्ट्रिक्ट १९ कोमतगणना


प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

न्युयोर्क सिटी काउन्सिलमा नेपाली मूलका पहिलो र एकमात्र नवराज केसी उम्मेदबार रहेको डिस्ट्रिक्ट १९ मा झण्डै ३० प्रतिशत मतगणना भएको छ । अहिलेसम्मको मतपरिणाम अनुशार टोनी अभेला अगाडि छन् । उनले झण्डै ३५ प्रतिशत अर्थात् ११ सय ५५ मत ल्याएका छन् ।

दोश्रोमा रिचार्ड लीले १०४५ अर्थात् ३१ दशमलव ६ प्रतिशत मत ल्याएका छन् । तेश्रोमा अष्टिन स्याफ्रोनले २२ प्रतिशत अर्थात् ७२७ मत ल्याएका छन् भने चौथोमा एड्रिना एभिलेसले ७ दशमलव ४ प्रतिशत अर्थात् २४६ मत ल्याएकी छिन् ।

फ्रान्सिस स्पेन्जबर्गले २ दशमलव ९ प्रतिशत अर्थात् ९५ मत र नवराज केसीले १ दशमलव ३ प्रतिशत अर्थात् ४३ मत ल्याएका छन् ।

नवराज केसी

त्यस्तै नेपालीहरुको बाक्लो बसोबास रहेको ज्याक्सनहाइट र एल्मस्र्ट लगायतका क्षेत्रलाई समेटेको डिस्ट्रिक्ट २५ मा शेखर कृष्नन सबैभन्दा अगाडि रहेका छन् । झण्डै ४७ प्रतिशत मतगणना हुँदा उनले ३१ दशमलव २ प्रतिशत अर्थात् १४१९ मत ल्याएका छन् भने दोश्रोमा क्यारोलिन ट्रानले १९ दशमलव २ प्रतिशत अर्थात् ८८३ मत ल्याएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शेखर कृष्नन

तेश्रोमा यी चेनले १८ दशमलव ६ प्रतिशत अर्थात् ८२५ मत ल्याएका छन् । चौथोमा अल्फान्सो क्वीरेजले १० दशमलव २ प्रतिशत अर्थात् ४५१ मत ल्याएका छन् । पाँचौंमा फतिमा बर्याबले ८ दशमलव ६ प्रतिशत अर्थात् ३७७ मत ल्याएकी छिन् । लिलियाना मेलोले २९९, म्यानुअल पेरेजले १७४ र विलियम साल्गाडोले ९१ म्त ल्याएका छन् ।

नेपालीहरुको बाक्लो बसोबास रहेको डिस्ट्रिक्ट २१ मा झण्डै ३५ प्रतिशत मतगणना हुँदा पहिलोमा फ्रान्सिस्को मोयाले ५० दशमलव ८ प्रतिशत अर्थात् १२६० मत ल्याएका छन् भने दोश्रोमा डेभिड अकिनले १९ दशमलव ७ प्रतिशत अर्थात् ४८८ मत ल्याएका छन् । तेश्रोमा इन्ग्रिड गोमेजले ४१२, तालिया वुफ्काले १६४ र जर्ज अनुराहले १५६ मत ल्याएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com