न्युयोर्क सिटी मेयर प्राइमरीको नतिजा आउन सुरु, एरिक आडम्स अगाडि


प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

न्युयोर्क सिटीमा मेयर, सिटी काउन्सिल सदस्यहरु लगायतका पदका लागि प्राइमरी चुनाव सम्पन्न भएको छ । आजको प्राइमरीमा राती ९ बजेसम्म गरिएको मतदानमा न्युयोर्क सिटीका बासिन्दाले नयाँ मेयरको छनौट गरेका छन् ।

डेमोक्रेटिक प्राइमरीबाट छानिने मेयरले नोभेम्बरमा हुने निर्वाचन जित्ने लगभग पक्का हुने भएकाले आजको प्राइमरी चुनावले न्युयोर्क सिटीको आगामी मेयर लगभग सुनिश्चित गर्छ । त्यसैले न्युयोर्क सिटीबासीहरु चुनावको नतिजाको व्यग्र प्रतिक्षामा रहेका छन् ।

यसैबीच प्राइमरी चुनावको नतिजा आउन सुरु भएको छ । झण्डै साढे ७ प्रतिशत मतगणना हुँदा मेयर उम्मेदबार एरिक आडम्सले ५९ हजार ८ सय २३ मत प्राप्त गरेका छन् भने क्याथरिन ग्रासियाले ४९ हजार ५ सय ९९ मत प्राप्त गरेकी छिन् । त्यस्तै माया विलेले ४४ हजार १०९, एन्ड्रयु यांगले २२ हजार ८१, स्कट स्ट्रीन्जरले १२ हजार १ सय १९ र रेमण्ड म्याक्ग्वीरले ५ हजार ६ सय २२ मत ल्याएका छन् ।

ब्रोंक्सको झण्डै ३५ प्रतिशत मतगणना हुँदा त्यहाँ एरिक आडम्स अगाडि देखिएका छन् । उनले त्यहाँ झण्डै ४५ प्रतिशत मत प्राप्त गरेका छन् । म्यानहटनको ८ प्रतिशत मत गणना हुँदा त्यहाँ ग्रासिया अगाडि देखिएकी छिन् । उनले त्यहाँ ३८ दशमलव ५ प्रतिशत मत ल्याएकी छिन् । म्यानहटनमा एरिक आडम्स तेश्रोमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर आजको प्राइमरीको अन्तिम नतिजा आउन भने कैयन दिन लाग्ने भएको छ । सिटी बोर्ड अफ इलेक्सनले प्रारम्भिक नतिजा एकसातापछि अर्थात् जुन २९ मा सार्वजनिक गर्ने योजना बनाएको छ । त्यसपछि हुलाकबाट पठाइएका मतपत्रहरु गणना गरेर आधिकारिक नतिजा जुलाई ६ भन्दा अगाडि सार्वजनिक गरिने छैन ।

यसपटक प्राइमरीमा मच्वाइस भोटिङ विधि रहेकाले प्राइमरीमा विजयी हुनेले ५० प्रतिशतमत प्राप्त गर्नुपर्छ । न्युयोर्क सिटीले मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिलका लागि सबै प्राइमरी र विशेष निर्वाचनमा र्‍याङक च्वाइस भोटिङ विधि अपनाएको छ । यो विधिबाट मतदान गर्दा न्युयोर्करहरुले पहिले भन्दा धेरै च्वाइसहरु प्राप्त गर्छन् ।

कुनै पनि पदका लागि एउटामात्र उम्मेदबारलाई भोट हाल्नुको साटो मतदाताहरुले ५ जनासम्म उम्मेदबारलाई रोजाईका आधारमा मतदान गर्न पाउने व्यवस्था थियो । पहिलो, दोश्रो, तेश्रो , चौथो र पाँचौं रोजाइसम्मका उम्मेदबारलाई मतदान गर्न पाउने व्यवस्था थियो । पहिलो कोलममा पहिलो रोजाईका उम्मेदबारलाई, दोश्रो कोलममा दोश्रो रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिने व्यवस्था थियो ।  यसैगरी तेश्रो, चौथो र पाँचौं रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । एउटामात्र उम्मेदबारलाई भोट हाल्न चाहनेहरुले एउटैलाईमात्र पनि भोट हाल्न सकिने व्यवस्था थियो ।

यसरी मतदानपछि ५० प्रतिशतभन्दा बढी भोट ल्याउने उम्मेदबारले चुनाव जित्नेछ । यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी भोट नल्याएमा मतगणना दोश्रो चरणमा जानेछ । यो चरणमा सबैभन्दा कम मत ल्याउने उम्मेदबारलाई हटाइनेछ । यदि कुनै पनि मतदाताको पहिलो रोजाईको उम्मेदबार बाहिरिएको खण्डमा उक्त भोट दोश्रो रोजाईको उम्मेदबारमा जोडिनेछ । यसरी नै विजेता प्राप्त नहुँदासम्म कम भोट ल्याउनेलाई हटाउँदै मतगणना जारी राखिनेछ । जब कुनै उम्मेदबारले ५० प्रतिशतभन्दा बढी ल्याउनेछ, उसलाई विजेता घोषणा गरिनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com