आजदेखि उत्तरी गोलार्धमा औपचारिक रुपमा समर सुरु, आज बर्षकै लामो दिन


प्रकाशित मिति : असार ७, २०७८ सोमबार

आजदेखि विश्वको उत्तरी गोलार्धमा औपचारिक रुपमा समर सुरु भएको छ । जुन २० को पूर्वीय समय अनुशार राती ११ बजेर ३२ मिनेटजाँदा औपचारिक रुपमा सुरु भएको समर सेप्टेम्बर २३ सम्म कायम रहनेछ ।

समरको पहिलोदिन बर्षको सबैभन्दा लामो दिनका रुपमा समेत चिनिन्छ । सबैभन्दा लामोसमयसम्म दिनको प्रकाश कायम रहने भएको सबैभन्दा लामो दिन भनिएको हो ।

समरको पहिलो दिन विभिन्न उत्सवका साथ स्वागत गर्ने प्रचलन समेत रहेको छ । समर सुरुवात भएपनि वास्तविक रुपमा समरको तापक्रम उच्च हुनभने समय लाग्ने जनाइएको छ । औषतमा औपचारिक रुपमा समर सुरु भएको एकमहिनापछि तापक्रम उच्च बिन्दुमा पुग्ने गर्छ । त्यसैले सामान्यतया जुलाई महिना अधिकांश स्थानमा बर्षको सबैभन्दा तातो महिना हो ।

Aerial view of a beautiful island resort

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वको उत्तरी गोलार्धमा प्रायजसो समरको सुरुवात जुन २० देखि २२ भित्र हुने गर्छ । त्यस्तै दक्षिणी गोलार्धमा भने समरको सुरुवात डिसेम्बर २१ वा २२ मा हुनेगर्छ ।

बर्षको लामो दिनका रुपमा जुन २१ मा इडेनबर्गमा साढे १७ घण्टा लामो दिन हुनेछ । अर्थात् सूर्योदय विहान ४ बजेर २६ मिनेटमा भएको छ भने सूर्यास्त राती १० बजेर २ मिनेटमा हुनेछ । त्यस्तै लण्डनमा साढे १६ घण्टाको दिन हुनेछ । विहान ४ बजे ४३ मिनेटमा सूर्योदय भएकोमा सूर्यास्त बेलुका ९ बजेर २१ मिनेटमा हुनेछ । स्कटल्याण्डको उत्तरी बिन्दु शेटल्याण्डमा झण्डै १९ घण्टाको दिन हुनेछ ।

heart, love, sunset

टोकियोमा सोमबार दिउसो १२ बजेर ३२ मिनेटमा, बैंककमा सोमबार विहान १० बजेर ३२ मिनेटमा, कोलकत्तामा सोमबार ९ बजेर २ मिनेटमा, दुबईमा सोमबार विहान ७ बजेर ३२ मिनेटमा, अमेरिकाको फिलाडेल्फियामा आइतबार राती ११ बजेर ३२ मिनेटमा, पोर्चुगलको लिस्बोनमा सोमबार विहान ४ बजेर ३२ मिनेटमा समर सुरु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com