आँधीसँगै बर्षा र बाढीले अमेरिकाको अलाबामामा १० बालबालिकासहित १२ को मृत्यु


प्रकाशित मिति : असार ६, २०७८ आईतबार

बर्षा र बाढीसँगै आएको आँधीले अमेरिकाको अलाबामामा १० बालबालिकासहित १२ को मृत्यु भएको छ । दक्षिणपूर्वी अमेरिकामा फैलिएको आँधीका कारण कैयन स्थानमा बाढी आएको छ भने दजनौं घरहरु क्षतिग्रस्त भएका छन् ।

शनिबार मोन्टगोमेरीदेखि ३५ माइल दक्षिणमा रहेको इन्टरस्टेट ६५ मा १५ वटा गाडीहरु दुर्घटना हुँदा ९ जना बालिबालिकाहरु सहित १० जनाको मृत्यु भएको थियो । भिजेको बाटोमा भएको गाडी दुर्घटनामा ४ देखि १७ बर्षसम्मका ८ जनाको मृत्यु भएको थियो ।

त्यस्तै २९ बर्षका कोडी फक्स र ९ महिनाकै एरियाना फक्सको अर्को दुर्घटनामा मृत्यु भएको हो । २४ बर्षका अर्का व्यक्ति र ३ बर्षका बालकको रुख ढलेर च्याप्दा मृत्यु भएको जनाइएको छ । घटनाहरुमा कैयन व्यक्ति घाइते समेत भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार राती अबेर उत्तरी अलाबामा र जर्जियामा अकस्मात भारी बर्षा भएको थियो । मिसिसिपी गल्फ कोस्ट लगायतका स्थानमा १२ इन्चसम्म बर्षा भएको थियो । आइतबार उत्तरी जर्जिया, साउथ क्यारोलिना, नर्थ क्यारोलिना, दक्षिणपूर्वी अलाबामा र फ्लोरिडामा समेत बाढीको चेतावनी दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com