अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुर ‘च्याम्प’को मृत्यु


प्रकाशित मिति : असार ५, २०७८ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको जर्मन शेफर्ड जातको कुकुर च्याम्पको मृत्यु भएको छ । यो कुकुर बाइडेन परिवारसँग सन् २००८ देखि रहदै आएको थियो । च्याम्पको मृत्यु बाइडेनको डेलावरमा रहेको घरमा भएको जनाइएको छ ।

आफ्नो प्रिय जर्मन सेफर्ड च्याम्पको मृत्यु भएकोमा आफूहरुको हृदय भारी भएको राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले जारी गरेको वक्तब्यमा जनाइएको छ । च्याम्प १३ बर्षदेखि आफूहरुको साथी रहेको र सबै परिवारले मन पराएको वक्तब्यमा उल्लेख छ ।

सन् २००८ मा बाइडेन उपराष्ट्रपति भएपनि च्याम्प बाइडेन परिवारमा भित्रिएको थियो । र त्यसपछिका परिवारका एकदमै खुशीका दिनमा र एकदमै दुखका दिनमा पनि परिवारसँगै रहने गरेको बाइडेनले जनाएका छन् ।

विगत केही महिनादेखि च्याम्पको स्वास्थ्य अवस्था खराब बन्दै गएको थियो । उमेरका कारण स्वास्थ्यमा खराबी आएको थियो । एकमहिनाको हुँदा बाइडेनले च्याम्पलाई घरमा ल्याएका थिए । बराक ओबामाले चुनाव जीतेमा घरमा कुकुर ल्याउने जिल बाइडेनको प्रतिज्ञा अनुरुप च्याम्पलाई ल्याइएको थियो ।

बाइडेनका नातीले उसको नाम च्याम्प राखेका थिए । जो बाइडेनका पिताले उनका छोरालाई पनि च्याम्प भनेर बोलाउने गर्थे । त्यही सम्मानमा जर्मन शेफर्डको नाम पनि च्याम्प राखिएको थियो ।

बाइडेनसँग अर्को जर्मन शेफर्ड कुकुर पनि रहेको छ । जसको नाम मेजर हो । मेजरलाई सन् २०१८ मा बाइडेन परिवारमा भित्राइएको थियो । मेजर अहिले ३ बर्षको भएको जनाइएको छ । दुबै कुकुरहरुलाई बाइडेनको चुनावी विज्ञापनमा समेत राखिएको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com