न्युयोर्क सिटी मेयर पोलमा नेपाली समुदायका नजिक रहेका एरिक आडम्स पहिलो


प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार

नेपाली टोपीमा एरिक आडम्स

न्युयोर्क सिटीको मेयरका लागि जुन २२ मा हुने प्राइमरी चुनावले यतिबेला न्युयोर्कबासीको ध्यान राम्ररी खिचेको छ । डेमोक्रेटिक प्राइमरीका लागि ८ जना उम्मेदबारहरु मैदानमा रहेका छन्, जसभन्दै सबैभन्दा चर्चा ४ उम्मेदबारहरुको रहेको छ ।

चुनावको पूर्वसन्ध्यामा न्युयोर्क पोष्टले पोलेस्टर म्याकलघ्लिनसँगको सहकार्यका गरेको सर्वेक्षणमा सबैभन्दा अग्रपंक्तिमा एरिक आडम्स देखिएका छन् । नेपाली समुदायको नजिक रहेका आडम्सको चुनावी अभियानका फण्डरेजमा न्युयोर्कको नेपाली समुदायले समेत सहयोग गरेको थियो ।

पूर्व ब्रुकलिन बोरो प्रेसिडेण्ड समेत रहेका आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहदै आएका छन् ।

विगतमा अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्राइमरीमा मैदानमा देखिएका एन्ड्रयु याङ

न्युयोर्कमा नेपालीहरुको संख्या झण्डै ५० हजार रहेको अनुमान गरिएको छ । जसमध्ये मतदान दिन योग्य नेपाली अमेरिकनहरु झण्डै १० हजारको हाराहारीमा रहेका छन् । चुनावमा अल्पसंख्यक समुदायको समेत निर्णायक भूमिका हुनसक्ने भएकाले कतिपय उम्मेदबारहरुले नेपाली समुदाय समक्ष पनि उल्लेख्य पहुच कायम गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वेक्षणमा एरिक आडम्सका पक्षमा २० प्रतिशत समर्थन देखिएको छ । मेयर बिल डे ब्लाजिओकी पूर्व सल्लाहकार माया विलेका पक्षमा र पूर्व सेनिटेशन विभाग प्रमुख क्याथरिन ग्रेसियाका पक्षमा बराबर १६ प्रतिशत समर्थन देखिएको छ । विगतमा अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्राइमरीमा मैदानमा देखिएका एन्ड्रयु याङ चौथो नम्बरमा देखिएका छन् । उनका पक्षमा जम्मा ९ दशमलव ६ प्रतिशत समर्थन देखिएको छ ।

सर्वेक्षणमा झण्डै १ हजार मतदाताहरु सहभागी रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com