न्युयोर्कमा गाडी पार्क गर्ने ठाउँबारे विवादहुँदा १५ बर्षको किशोरको चक्कु प्रहारबाट हत्या


प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार

न्युयोर्क सिटीको बु्रकलिनमा गाडी पार्क गर्ने ठाउँबारे विवादहुँदा टोरी लोभिक नामका १५ बर्षका किशोरमाथि चक्कु प्रहार भएको छ ।  लोभिकलाई तत्कालै अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको छ ।

गाडी पार्क गर्ने स्थानबारे लोभिक र ४८ बर्षको एकजना पुरुषबीच विवाद भएको थियो । त्यसपछि पुरुषले चक्कु निकालेर लोभिकमाथि प्रहार गरेको थियो ।

बु्रकलिनको डेकाटुर स्ट्रीटको १ सय ब्लकमा बिहिबार दिउसो साढे २ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ । लोभिकको छातीमा चक्कु प्रहार भएको प्रहरीको भनाई छ । लोभिकले गाडी भने चलाएका थिएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटना लगत्तै लोभिकका पिता चक्कु प्रहार भएको स्थानमा आएका थिए । पिताले गाडी चलाएको र गाडी पार्क गर्न खोजेको साथै आक्रमण गर्ने व्यक्तिले पनि सोही स्थानमा नै गाडी पार्क गर्न खोजेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । साथै चक्कु प्रहार गर्नेको परिचय र अन्य विवरण भने सार्वजनिक गरेको छैन । प्रहरीले ८१ औं प्रिसिन्टमा संदिग्धको बयान लिइरहेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com