ओबामा केयरको सर्बोच्च अदालतमा तेश्रो पटक जीत


प्रकाशित मिति : असार ३, २०७८ बिहीबार

बिहिबार ओबामा केयरको अमेरिकाको सर्बोच्च अदालतमा तेश्रो पटक जीत भएको छ । सर्वोच्च अदालतमा ७ जना न्यायाधिसहरु ओबामा केयरको समर्थनमा र २ जना न्यायाधिसहरु विरोधमा देखिएपछि पछिल्लो रिपब्लिकन चुनौति अदालतबाट अस्वीकार भएको हो ।

टेक्सास र अन्य रिपब्लिकन नेतृत्वका राज्यहरुले ओबामा केयरबिरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गर्ने राज्यहरुले ओबामा केयरबाट आफूहरुलाई नोक्सान पुगेको प्रमाणित गर्न नसकेकाले उनीहरुको अनुरोधबिरुद्ध फैसला गरिएको न्यायाधिस स्टेफन ब्रेयरले बताएका छन् । मुद्दा दायर गर्ने राज्य वा व्यक्ति कसैले पनि ओबामा केयरका कारण नोक्सान हुने प्रमाणित गर्न नसकेको अदालतको निर्णयमा उल्लेख छ ।

बिहिबारको निर्णयको ओबामा केयरको मुख्य जीत हो । सन् २०१० मा तत्कालिन राष्ट्रपति बराक ओबामाले यो कानूनमा हस्ताक्षर गरेका थिए । त्यसयता उक्त कानून करोडौं अमेरिकनको स्वास्थ्य उपचारका लागि उत्तरदायी बन्दै आएको छ । अमेरिकाको स्वास्थ्य प्रणालीमा ओबामा केयर निकै महत्वपूर्ण तत्वका रुपमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधिकारिक रुपमा अफोर्डेबल हेल्थ केयरका रुपमा चिनिने ओबामा केयर सर्वोच्च अदालतमा तेश्रो पटक बच्न सफल भएको हो । ६ जना रुढिवादी र ३ जनामात्र प्रगतिशिल न्यायाधिसहरु रहेको सर्बोच्च अदालतमा ओबामा केयरको अन्त्य हुनसक्ने सम्भावनाबारे चिन्ता व्यक्त गरिएको थियो । तर रिपब्लिकन नियुक्त केही न्यायाधिसहरु समेत ओबामा केयरका पक्षमा देखिएपछि ओबामा केयरको जीत सम्भव भएको हो ।

सर्बोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस, अन्य न्यायाधिसहरु स्टेफन ब्रेयर, क्लारेन्स थोमस, सोनिया सोटोमेयर, एलेना कागन, ब्रेट काभना र एमी कोने ब्यारेट ओबामा केयरका पक्षमा देखिएका थिए । काभना र ब्यारेट तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पबाट नियुक्त हुन्, जसले आफ्नो एक कार्यकालमा ओबामा केयरलाई अन्त्य गर्न निकै मिहिनेत गरेका थिए । सन् २०१७ मा संसदबाट ओबामाकेयरको अनिवार्य जरिवानाको प्रावधान भने हटाइएको थियो ।

बिहिबारको निर्णयमा दुईजना रुढीवादी न्यायाधिसहरु श्यामुअल एलिटो र निल गोर्साच भने ओबामा केयरका विपक्षमा उभिएका थिए । उपराष्ट्रपति कमला ह्यारिसकी डेपुटी प्रेस सेक्रेटरी सब्रिना सिंहले आज एकदम राम्रो दिन भएको भन्दै ट्वीट गरेकी छिन् ।

ओबामा केयर अन्तरगत करोडौंले स्वास्थ्य सुविधा प्राप्त गर्न सफल भएका छन् भने स्वास्थ्य विमा धेरैका लागि सस्तो भएको छ । ओबामा केयरले इन्सुरेन्स कम्पनीहरुलाई अनावश्यक रुपमा स्वास्थ्यविमाको रेट बढाउन समेत रोक लगाउँछ । साथै इन्सुरेन्स कम्पनीहरुले प्रिमियमको ८० प्रतिशत रकम मेडिकल केयर र सुधारमा लगाउनुपर्छ ।

क्यान्सर लगायतका पहिले देखि नै स्वास्थय समस्या भएकाहरुलाई पहिले स्वास्थ्य विमा लिन मुस्किल भएपनि ओबामा केयर अनुशार अधिकांश विमा कम्पनीहरुले विमा लिएकाहरुको पहिलेका त्यस्ता प्रकारका रोगहरुको पनि उपचार गर्नुपर्छ । त्यस्तै ओबामा केयर अगाडि बिमा कम्पनीहरुले दीर्घरोगीहरुमा खर्च गर्ने रकममा सिमा तोकिएकाले दीर्घरोगीहरु बिमाको कभरेजबाट बाहिर जाने सम्भावना हुन्थ्यो तर ओबामा केयरले त्यसलाई रोकेको छ ।

त्यस्तै धेरै प्रकारका स्वास्थ्य जाँचहरुलाई ओबामा केयरले समेट्छ भने डाक्टरले सिफारिस गरेका औषधीहरु पनि सस्तो हुने गर्छन् । ओबामाकेयर अन्तरगत बिरामीहरुले सन् २०१७ मा झण्डै २६ बिलियन डलर बचाएका थिए ।

पहिले नै स्वास्थ्य विमा रहेका बढी आम्दानी भएका केही व्यक्तिले ओबामा केयर अन्तरगत प्रिमियम रकम बढी तिर्नुपर्ने भएकाले ओबामा केयरको विरोध समेत हुने गरेको छ । स्वास्थ्य विमा नभएकाहरुलाई जरिवाना गर्ने प्रावधान समेत रहेकोमा उक्त प्रावधानको विरोध भएको थियो । जुन प्रावधान ट्याक्स बर्ष २०१९ देखि हटाइसकिएको छ ।

त्यस्तै बढी आम्दानी भएकाहरुको कर बढ्ने, धनीहरुले तिरेको रकमबाट कम आम्दानी भएकाहरुको बिमा कभर हुने अवस्थाका कारण पनि यसको विरोध भएको थियो । कतिपय व्ययवसायहरुले त पूर्णकालिन कामदार राख्दा बिमा रकम बढी तिर्नुपर्ने हुँदा कामदारको काम गर्ने घण्टा समेत घटाइदिएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com